कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सरको औषधि जौ

काठमाडौ — पृथ्वीमा प्राचीनकालदेखि कृषिमा उपयोग गरिने अन्न हो जौ ।
यसमा बोसो र नुन कम हुन्छ । यो प्राकृतिक लौह तत्त्वको राम्रो स्रोत हो । क्याल्सियमको राम्रो स्रोत भएकाले जौ मुटु, हाड, नङका लागि राम्रो मानिन्छ ।

क्यान्सरको औषधि जौ
पृथ्वीमा प्राचीनकालदेखि कृषिमा उपयोग गरिने अन्न हो जौ ।
यसमा बोसो र नुन कम हुन्छ । यो प्राकृतिक लौह तत्त्वको राम्रो स्रोत हो । क्याल्सियमको राम्रो स्रोत भएकाले जौ मुटु, हाड, नङका लागि राम्रो मानिन्छ ।
विभिन्न अध्ययनअनुसार जौ घुलनशील रेसाको सर्वोत्तम स्रोत हो । यसको एक खुराक -पाकेको, आधा कप) मा करिब चार ग्राम टाँस्सिने घुलनशील रेसा -बिटा ग्लुकन) पाइन्छ । यो रेसाले रगतमा एचडिएल कोलेस्ट्रोल अर्थात नराम्रो कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ ।
जौले अतिरिक्त बोसोलाई अवशोषित गर्छ र प्रणालीबाट बाहिर पठाउँछ । उच्च घुलनशील रेसा हुने भएकाले जौले कब्जियत निको पार्छ । यसले 'ग्यास्ट्रो इन्टेस्टाइनल बर्क' नियन्त्रित गर्नसमेत सहयोग गर्छ । जौ स्नायुसम्बन्धी विकारमा समेत उपयोगी मानिन्छ । यसले महिलामा रजोनिवृत्तिको सुरुवातसँग जोडिने डिम्बग्रन्थी एवं मूत्र प्रणालीसँग सम्बन्धित समस्या कम गर्न सहयोग गर्छ । यसमा केही फरक प्रकारको बोसोयुक्त एसिड र एन्टिअक्सिडेन्ट हुन्छ जसले भिटामिन 'ई' सँग मिलेर कोशिकाको नोक्सान लाई न्यून गर्छ अनि यसबाट क्यान्सरको खतरा कम हुन्छ । भारतीय राज्य उत्तर प्रदेशको फैजावादस्थित नरेन्द्र देव कृषि एवं प्रविधि विश्वविद्यालयको अनुसन्धान अनुसार जौको नियमित उपयोगले रक्तचाप, मधुमेह, पेट र मूत्रसम्बन्धी रोग, मृगौलाको रोग, बिर्सने रोग आदिमा प्रभावकारी हुन्छ ।
आयुर्वेदका चिकित्सकहरू जौलाई उमारेर कलिलो हरियो घाँसको जुस खानाले क्यान्सर रोगको वृद्घ िलाई समेत मत्थर हुने दाबी गर्छन् ।

प्रकाशित : पुस १८, २०६६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?