कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली सम्पर्क मञ्चको भेला

दोहा — प्रवासी नेपाली सम्पर्क मञ्च, दोहाकोे प्रथम राष्ट्रिय भेला सातबुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भयो ।

जसमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पुनसर्ंरचना गरी समयमा नै नयाँ संविधान लेखन कार्य पूरा गर्न माग गरेको छ ।
त्यस्तै एमाले सल्यान जिल्ला कमिटीको अधिवेशनमा एनेकपा माओवादीको कायकर्ताबाट भएको हमला तथा संविधानविपरीत एकलौटी रूपमा मुलुकमा विभिन्न गणराज्य घोषणा गरेकोमा भत्र्सना गरेको छ । युवा पत्रकार टीका विष्टलगायत अन्य पत्रकारमाथि गरिएको आक्रमणको पनि मञ्चले विरोध गरेको छ ।
मञ्चले माओवादीलाई आन्दोलनका कार्यक्रमहरू अविलम्ब फिर्ता गरी वार्ताद्वारा राष्ट्रिय सहमति निर्माण गर्दै नयाँ संविधान लेखन कार्यमा तदारुकताका साथ लाग्न आग्रह गरेको छ ।
मञ्चका कावा अध्यक्ष छविलाल विकको सभापतित्वमा भएको भेलाका संगठन सचिव दिलकिरण खजुम, संस्थापक अध्यक्ष कमलमणी गुरागाई, निवर्तमान अध्यक्ष नरेश श्रेष्ठ सल्लाहकार समितिका संयोजक प्रज्ञान उदास, राष्ट्रिय जनसांस्कृतिक मञ्च शाखा दोहा कतारका अध्यक्ष नवराज श्रेष्ठ, सल्लाहकार चानक पोख्रेल, सल्लाहकार बिष्णु बिष्ट, सल्लाहकार अमृत गुरुङ, निवर्तमान महासचिव पूर्ण केसी, उद्योग व्यवसायी टीबी कार्की, उमेश अधिकारी, गैरआवासीय नेपाली संघ, राष्ट्रिय सवन्मय परिषद्का प्रथम उपाध्यक्ष अजिजुर रहमान शेख, गैरआवासीय नेपाली संघ, राष्ट्रिय सवन्मय परिषद्का महासचिव बिल गुरुङलगायतको उपस्थिति थियो ।

प्रकाशित : पुस १८, २०६६ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?