कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब गल्ती गर्दैनौं

पारस नेपाल

काठमाडौ — युवा निर्देशक श्याम भट्टराई र नायिका रञ्जना शर्माको पहिलो भेट टेली सिरियल बनाउने ताका भएको थियो ।

दर्जनजति फिल्ममा सहायक निर्देशन गरिसकेपछि श्याम 'गहना' बाट टीभीमा हात हाल्दै थिए । त्यसैमा उनले रञ्जनालाई ब्रेक दिए । अर्को सिरियल 'जानकी' पछि दुवै प्रेममा परे र २०६३ साल असारमा विवाह पनि गरे । 'मर्यादा' र 'मौसम' फिल्म निदर्ेेशन गरेका श्याम र तिनमा पनि नायिका बनेकी रञ्जना पारिवारिक रथ गुडाउन भने अढाई वर्षमै असफल देखिए । नौमहिना अलग रहेपछि अहिले उनीहरू फेरि यौटै छतमुनि समेटिएका छन् । मिलन, बिछोड र मिलनको यो चक्रले उनीहरूलाई आदर्श जोडीका रूपमा समेत उभ्याएको छ । गल्ती जसले पनि गर्छ, तर गल्तीलाई अँगालिरहने गल्ती गर्नेहरू जीवनको रमाइलोबाट सधैं वञ्चित हुने गर्छन् । श्याम र रञ्जनाको जोडी यस मानेमा नमुना बनेको छ ।


तपाईंहरू पोहोर जाडो सकिँदै गर्दा छुट्टनिुभएको थियो, यस पालि हिउँद
सुरु हुँदै गर्दा फेरि जोडिनुभयो, कस्तो रहस्य हो यो ?
श्याम ः बिहेअघि हामीबीच प्रेम थियो, दुवै स्वतन्त्र रूपमा बाँचिरहेका थियौं । कति दिन यसरी चल्ने भनेर विवाह
गर्‍यौं । तर हामी पूर्ण रूपमा व्यावहारिक भइसकेका रैनछौं, त्यसैले हाम्रो वैवाहिक सम्बन्धले बीचैमा विराम लिएको रैछ । हामीले पतिपत्नी नभई साथीका हिसाबले घरझगडा गरेका रैछौं, त्यो बोध भएपछि र अब त्यस्तो केटाकेटी पारा नदेखाउने प्रतिबद्धतामा हाम्रो पुनर्मिलन भयो । रञ्जना ः म सानैदेखि निकै चुलबुले स्वभावकी थिएँ, घरकी कान्छी छोरी । जतिखेर विवाह गर्ने फैसला गरियो, त्यतिखेर म परिपक्व भइसकेकी थिइनँ । उनलाई पाउनु नै मेरो ठूलो कुरा थियो, त्यस बेला । बिहेपछि नारी भएर जिउनुपर्छ, आमा बन्नुपर्छ भन्नेमा म गम्भीर थिइनँ । बिहेपछि पो मलाई झड्का लाग्यो । म पूरै चेन्ज भएँ, श्यामजी जस्ताको तस्तै । नारीलाई दिनरातको लक्ष्मणरेखा, पुरुषले जतिखेर घर छाडे र फर्के हुन्थ्यो । उहाँ साँझ नपर्दै घर आउने पति भएको देख्न चाहन्थें । द्वन्द्व यहीँबाट सुरु भएको रैछ ।
छुट्टनिुको कारण त्यही मात्र त नहोला ।
श्याम ः त्यही नै हो । हामीले आफूलाई सिनेकर्मी पतिपत्नी होइन, कुनै सामान्य पारिवारिक जोडी सम्झनु भूल भयो । उनको चाहना म चाँडै घर आइदिए हुन्थ्यो भन्ने, मेरो समस्या आपmनै ठाउँमा । दिनभरि सबै सुटिङमा हुन्छन्, मैले पाउने भएँ साँझ परेपछिको समय । अनि कसरी बेलामा घर आउन
सक्नु ? उनलाई के बुभmन गार्‍हो भयो फिल्मी लाइन यौटै भए पनि आर्टिस्ट र डाइरेक्टरको कार्य समय बेग्लै हुन्छ । आर्टिस्टलाई कुनै फिल्ममा लिनुपर्‍यो भने निर्माता घरैमा आइपुग्छन्, तर डाइरेक्टरले घरबाहिरै धेरै जनासँग धेरै कुरा छलफल गर्नुपर्छ ।  यसले उनमा वास्ता नगरेको भान पर्‍यो ।
रञ्जना ः मैले अहिलेसम्म आधा दर्जनजति फिल्ममा काम गरिसकें, तर मेरा यो क्षेत्रभन्दा पति नै सर्वोपरि हो । पहिले परिवार राम्रो भयो भने करिअर राम्रो हुन्छ भन्ने मेरो धारणा थियो । घरभित्र छिरेपछि सारी वा धोती नै लगाउनुपर्ने खालकी मान्छे हुँ म । नायिका रञ्जना र निर्देशक  भट्टराईको जोडी भोलिको पुस्ताका लागि उदाहरणीय बन्नुपर्छ भन्ने मेरो सपना थियो । त्यो कुराले मलाई निकै हौस्याएको रैछ, त्यस्तो हुन नसकेपछि छुट्टयिौं ।
बिछोडको क्लाइमेक्स कुन प्रसंग थियो ?
रञ्जना ः हाम्रो पुनर्मिलन भएको तीन महिना पुग्नै लाग्यो । अहिले पछाडि फर्केर हेर्दा हामी दुवै अव्यावहारिक रैछौं, बच्चा जस्ता । छोरी मान्छे भएर जीवनसँग मैले खतरा चाहिँ मोलेकै हुँ । किनकि छुट्टनिे सनक मेरै थियो । बेलाबेला ठाकठुक पर्दा म उहाँलाई 'माइत जान्छु' भन्दै घुक्र्याउँथें, उहाँ 'जाऊ न त' भन्नुहुन्थ्यो । 'मबिना कसरी बस्नुहुन्छ ?' भन्दा 'ए, बसिहालिन्छ नि' भन्नुहुन्थ्यो । उहाँ पनि घुक्र्याउने, म पनि घुक्र्याउने । लौ भनेर म हिँडें । तर मैले उहाँलाई डिभोर्स गरेकी थिइनँ, उहाँलाई सधैंका लागि छाड्छु भनेर मैले सोच्दै सोचेकी थिइनँ, छैन
पनि । म रिसाएर आपmना सरसामान बोकेर दाजुभाउजूकहाँ गएकी थिएँ ।
श्यामजीलाई व्यावहारिक बनाउन छाड्नुभएको थियो ?
रञ्जना ः हो । बिछोडले हामीलाई निकै व्यावहारिक बनाएको छ । बीस वर्षमा पाउन नसक्ने पारिवारिक ज्ञान हामीले नौ महिनामै पायौं । एकअर्का बिना बाँच्न नसक्ने रैछौं
 भने पक्का भयो । म उहाँलाई सारै माया गर्छु, उहाँ मलाई त्यतिकै प्रेम गर्नुहुन्छ ।
नौमहिने बिछोड कालमा आँखाले अरूलाई नै खोजे होलान् नि ।
श्याम ः मिडियाले  हामीबीच डिभोर्स भयो भनेर लेख्नु
लेखे । तर हाम्रो डिभोर्स भएको थिएन । त्यस अवधिमा न मैले कसैसँग अफेयर चलाएँ, न रञ्जनाको कसैसँग रिलेसनसिप रह्यो । यौटै फिल्डमा भएकाले हामीलाई एकअर्काका सबै कुरा थाहा भइरहन्थ्यो । हाम्रो भेट नभए पनि हाम्रा साथीभाइ उनैउनै थिए ।
नौमहिनासम्म भेटै भएन ?
रञ्जना ः अहँ । नभेट्ने भनेर मैले कसम खाएकी थिएँ । -उनका आँखा आँसुले भरिन थाले ।) तर एक चोटि देखादेखचाहिँ भएको थियो । पोहोर छुट्टनिे बित्तिकै रेखा थापाले मलाई होली खेल्न बोलाएकी थिई । श्यामजीको अफिस रेखाको सँगै भएकाले मैले आउँदिनँ भनेकी थिएँ । 'हे, म श्याम सरलाई नआउनू भन्छु नि' भन्दै उसले लगेरै छाडी । होली खेल्दाखेल्दै मैले श्यामजीलाई देखें । मलाई टेन्सन भयो र रुन थालें । -उनी साँच्चै रुन थालिन् ।)
फोनसोन केही हुँदैनथ्यो ?
रञ्जना ः -सुँकसुँकाउँदै) म गर्थें । अलग भए पनि हामी साथीका हिसाबले रहनुपर्छ भन्थें म । एकअर्काका दुःखसुख बाँड्नुपर्छ भन्थें । जुन दिन हामीलाई आफू व्यावहारिक भएको महसुस हुन्छ, अनि मिल्नुपर्छ भन्थें म । -उनको गला अवरुद्ध हुन थाल्यो ।) बिछोडको नौ महिनापछि पहिलो चोटि सल्लाहले भेटिँदा हामी सात घन्टा रोएका थियौं । -उनी रुन थालिन् ।)
त्यो भेटको सूत्रधार को बनेको थियो ?
श्याम ः हाम्रो पुनर्मिलनमा लक्ष्मी माताको हात छ । पोहोरसम्मका तीनटा लक्ष्मीपूजामा हामी सँगै थियौं । मज्जाले पूजा गथ्र्यौं । यस पालि म एक्लै भएँ । उनी पनि आपmनै माइतीमा । लक्ष्मी पूजाकै दिन मलाई उनको फोन आयो ।
रञ्जना ः मैले अपराह्न चार बजेतिर फोन गरे । सँगै हुँदा त्यो दिन  उहाँले चार बजे सामानहरू ल्याइदिनु
हुन्थ्यो । म सारीचोलो लगाएर बसेकी हुन्थें । यसपालि हामी अलग थियौं । म दिदीहरूसँग सामान किन्न बजार गएकी थिएँ । -उनी फेरि रुन थालिन् ।) मैले श्यामजीलाई एकदमै मिस गरें । 'तपाईंले सामान किन्नुभो ?' भनेर फोन गर्दा उहाँ रिसाउनुभयो । 'तँलाई के मतलब ?' भन्नुभयो । -रुवाइले उनको बोली लरबराउन थाल्यो ।) त्यसपछि मलाई पनि रिस उठ्यो । माइतीकै रमझममा रमाउन थालें । तास खेल्न थालें । साँझ पूजा गर्ने बेला भाउजू, दिदीहरूले सारीचोलो लगाउनुभयो, मैले पाइन्ट र टीसर्ट लगाएँ । मलाई उहाँसँग मनाइएका लक्ष्मी पूजाको सम्झनाले तडपाउन थाल्यो । -रुवाइ बढ्दो छ ।) मेरो जिन्दगी के जिन्दगी जस्तो
महसुस हुन थाल्यो । राति नौ बजे फेरि उहाँको फोन आयो । अरू बेला मैले फोन गर्दा उहाँ बाउँठिनुहुन्थ्यो, त्यो दिन राम्रो कुरा गर्नुभयो ।
श्याम ः हामी छुटेदेखि मैले फोन गरेको त्यही पहिलो थियो । हामी छुट्टनिुअघि असमझदारी बढिरहेको थियो, म बाहिरै थिएँ । राति घर आउँदा त रित्तो पो छ । मलाई सारै मन दुख्यो । मेरै कमजोरीले बिछोड भएको भन्ने लाग्न थाल्यो र म नौ महिनाभरि कतै घुलमिल भइनँ । घरपरिवारसँग पनि भेटिनँ । श्याम भट्टराईलाई कसैले गलत नदेखोस् भनेर म नितान्त एक्लै बसेको थिएँ । त्यसैले रञ्जनालाई पनि फोन गरेको थिइनँ ।
त्यो रातको पहिलो फोनमा के
भन्नुभएको थियो ?
श्याम ः दिउँसोको फोनवार्तामा उनलाई 'मेरा लागि लक्ष्मीपूजाको औचित्य छैन, फोन नगर्नू' भनेको थिएँ । घरकै लक्ष्मी रिसाएर हिँडेकाले पूजाको अर्थ थिएन
पनि । राति नौ बजेतिर मलाई अघिल्लो वर्षको लक्ष्मीपूजाको याद आयो । -उनका आँखामा पनि आँसु टिलपिलाउन थाल्यो ।) अनि मैले 'हामी कति दिन छुट्टएिर बस्ने, मिलौं' भनेको थिएँ ।
रञ्जना ः म बालकुमारीको घरमा भाउजूसँग तास खेलिरहेकी थिएँ । एक्कासि उहाँको फोन आउँदा एकछिन त ट्वाँ परें, फेरि खुसी भएँ । उहाँलाई छाड्ने मेरो रहर होइन, उहाँलाई सुधार्न चाहन्थें म । मेरा ममी/डयाडी, दिदीभिनाजु वा दाजुभाउजू जस्तै हाम्रो सुमधुर सम्बन्ध होस् भन्ने म चाहन्थें । यस्तोमा फोन आउँदा मलाई त दौडेर भेट्न जान मन लाग्यो । आपmनो कोठामा पसेर मज्जाले गफ गरें । उहाँले 'म आएर दाजुभाउजूसँग कुरा गर्छु' भन्नुभयो । किनभने मेरो दाजु श्यामजीसँग निकै रिसाउनुभएको थियो । उहाँहरू पहिलेदेखिका साथी हुनुहुन्थ्यो । 'मेरी बहिनीलाई हेला गर्ने' भनेर दाजु श्यामजीसँग फायर हुनुभएको थियो । अर्कैसँग बिहे गराइदिन्छु भन्नुहुन्थ्यो उहाँ ।
अनि कहाँ भेटिनुभयो ?
रञ्जना ः श्यामजीको प्रस्तावबारे घरमा कुरा गर्न सक्तिनथें । त्यसैले एकदुई दिन त्यतिकै भयो ।
श्याम ः उनले छाडेपछि मैले पmल्याट पनि चेन्ज गरें । त्यसको लोकेसन बताइदिएपछि एक बेलुका उनी आइपुगिन् । लोडसेडिङ थियो ।
रञ्जना ः उहाँलाई देखेपछि मन थाम्नै सकिनँ । -फेरि रुन थालिन् ।) हामी अँगालो हालेर खुब रोयौं । हामीले ठूलो गल्ती गरेका रैछौं । माइतीलाई कसरी मनाउनुभयो त ?
रञ्जना ः श्यामजीले दाजुभाउजूसँग कुरा गर्नुभयो । बुवाले दाजुलाई 'कान्छीको जीवन कान्छीलाई नै चलाउन दे' भन्नुभयो । अनि श्यामजीकहाँ आउने बाटो खुल्यो ।

प्रकाशित : पुस १८, २०६६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?