कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मियाँको दुर्घटनामा निधन

दोहा — प्रवासी नेपाली मुस्लिम समाजका केन्द्रीय सदस्य एवं गोरखा प्रवासी मुस्लिम समाजका अध्यक्ष रेशमदिन मियाँको बिदामा गएको बेला नेपालमा दुर्घटनामा परी हालै निधन भएको छ ।

ताप्ले-४ निवासी मियाँको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको पुष्टि भए पनि विस्तृत जानकारी प्राप्त भएको छैन । उनीसँगै रहेका अर्का साथी गम्भीर घाइते भएका छन् ।
प्रवासी नेपाली मुस्लिम समाजले मियाँको मृत्युले सम्पूर्ण कतारवासी नेपाली समुदाय मर्माहित भएका भएको जनाउँदै दुःखद घडीमा उनको  परिवारलगायत आफन्तमा पर्न गएको क्षतिप्रति समवेदना व्यक्त गरेको छ ।
यसैगरी गोर्खा प्रवासी संघले पनि विज्ञप्तिमार्फत मियाँको निधनबाट अपूरणीय क्षति भएको जनाउँदै मृतकमा चिरशान्तिको कामना तथा परिवारमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित : पुस १८, २०६६ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?