कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हलिउड / बलिउड

काठमाडौ — भारतको कथालाई आठ ओस्कार
चलचित्रको नोबेल पुरस्कार मानिने ओस्कारको सुगन्ध यो वर्ष पहिलोचोटि छिमेकी मुलुक भारतसम्म आग्यो ।

"२००९" का "९"

भारतको कथालाई आठ ओस्कार
चलचित्रको नोबेल पुरस्कार मानिने ओस्कारको सुगन्ध यो वर्ष पहिलोचोटि छिमेकी मुलुक भारतसम्म आग्यो । र, त्यहाँको मुम्बईस्थित झुपडी बस्तीको अनाथको संघर्ष र सफलता कथा समेटिएको फिल्म 'स्लमडग मिलिनेयर'ले आठ विधामा ओस्कार अवार्ड हात पार्‍यो । तीमध्ये दुई अवार्ड भारतीय संगीतकर्मी एआर रहमानका पोल्टामा परे । रहमान ओस्कार जित्ने पहिलो बलिउड संगीतकार भएकाले भारतभर विजयोत्सवमा समेत मानइयो । उक्त फिल्मले उत्कृष्ट चलचित्र, निर्देशन -डयानी बोयल), संगीत र गीत -रहमान), पटकथा, छायांकन, सम्पादन र उत्कृष्ट ध्वनि मिश्रण विधामा अवार्ड पाएको हो ।
भारतीय कूटनीतिज्ञ विकास स्वरूपको उपन्यास 'क्यु एन्ड ए' मा आधारित 'स्लमडग मिलिनेयर' मुम्बईको झुपडी बस्ती -स्लम) मा हुर्केबढेको किशोरको कथा हो जो टेलिभिजन प्रतिस्पर्धामार्फत दर्शकको मन जित्न पुग्छ । तर झुपडीको एक मुस्लिम ठिटोले कसरी त्यत्रो ठूलो प्रतिस्पर्धा जित्यो भन्ने प्रश्न उठ्छ । फलतः ऊ पक्राउ पर्छ ।
पक्राउपछि प्रहरीसमक्ष उसले दिएको बयानकै सेरोफेरोमा चलचित्र घुमेको छ ।
८१ औं ओस्कारको उत्कृष्ट अभिनेताको पुरस्कार भने 'मिल्क' चलचित्रका अमेरिकी नायक सिन पेनले पाए । 'द रिडर' मार्फत बेलायती अभिनेत्री केट विन्स्लेटले उत्कृष्ट अभिनेत्री दरिइन् । सहायक अभिनेतामा 'डार्क नाइट' का लागि दिवंगत अस्टे्रलियाली नायक हिथ लेजर चुनिए । उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार 'विकी क्रिस्टिना बार्सिलोना' मार्फत स्पेनकी पेनेलोप क्रुजको हात पर्‍यो । जापानी 'डिपार्चर्स' ले विदेशी भाषाको सर्वोत्कृष्ट चलचित्रको पुरस्कार पायो भने उत्कृष्ट आर्ट डाइरेक्सनमा 'क्युरियस केस अफ बेन्जामिन बुटन' का लागि डोनाल्ड ग्राहम बर्ट पुरस्कृत भए ।
"अवतार"को ध’म
सबैभन्दा महँगो र अत्याधुनिक प्रविधि प्रयोगका कारण प्रदर्शनपूर्व नै बहुचर्चित अंग्रेजी फिल्म 'अवतार' ले हलिउड, बलिउड र कलिउड सबैतिर धूम मच्चाएको छ । वर्षको अन्त्यतिर विश्वभर एकसाथ रिलिज यो चलचित्र अहिले पनि सिनेमा हलहरूमा व्यापक भीडका साथ चलिरहेको छ । तीन सय मिलियन डलर लगानी भएको बहुप्रतीक्षित यो चलचित्र नेपालका केही फिल्म हलमा पनि पहिलो दिनदेखि नै प्रदर्शन भइरहेको छ ।
११ वटा ओस्कार अवार्ड जितेर रेडर्क राखेको 'टाइटेनिक' जस्तो विश्वप्रसिद्ध फिल्म बनाइसकेका निर्देशक जेम्स क्यामरुनको यो फिल्म प्यान्डोरा नाम गरेको एउटा अर्कै ग्रहमा पुग्ने पात्रको कथामा बनेको 'साइन्स फिक्सन' हो । उक्त ग्रहका व्यक्तिको छालाको रंग निलो देखाइएको छ भने उनीहरुले बोल्ने भाषालाई 'नावी' नाम दिइएको
छ । यो भाषाको नामाकरण युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका प्राध्यापक पोल र्फमरले गरेका हुन् । यो फिल्मको मुख्य सन्देश 'सबैले अरुको संस्कृतिको पनि सम्मान गर्नुपर्छ' भन्ने हो ।
फिल्म 'अवतार'को ६० प्रतिशत कम्प्युटर एनिमेसनबाट निर्माण गरिएको छ । निर्माण गर्नकै लागि ठूलो लगानीमा छुट्टै सफ्टवेयर समेत निर्माण गरिएको थियो । यो फिल्म खिच्नका लागि १०२ वटा क्यामेरा प्रयोग गरिएको थियो । चलचित्रलाई थ्रीडी र टुडी दुई प्रणालीबाट तयार पारिएको छ । निर्देशक क्यामरुनले यो फिल्मको कथा १५ वर्ष पहिल्यै लेखिएको भए पनि तत्कालीन अवस्थ्ाामा आवश्यक प्रविधिको विकास नभएकाले हाल आएर मात्र निर्माण गर्न सकिएको बताएका छन् ।
"पा"को रेकर्ड
भावनात्मक सम्बन्धको दम्दार कहानी भनिएको बलिउड रजतपटको फिल्म 'पा' ले सन् २००९ मा विश्वसिने जगत्मै नयाँ रेकर्ड राख्यो । यो फिल्म विश्वरजतपटको त्यस्तो पहिलो फिल्म भयो जसमा वास्तविक जीवनका बाबु फिल्ममा छोराको भूमिकामा र छोरा बाबुको भूमिकामा अभिनय गरेर नयाँ रेकर्ड राखे । 'पा' को नेपाली अनुवाद 'बा'
हो । यस फिल्ममा बलिउड बादशाह अमिताभ बच्चनले 'प्रोजेरिया' रोगबाट पीडित बालकको भूमिका निभाएका छन् भने उनका छोरा अभिषेक बच्चनले ती बालकको बाबु बनेर खेलेका छन् । अमिताभ बच्चन कर्पोरेसनको ब्यानरमा निर्मित यो फिल्म केही सपना, केही सम्झना र जिन्दगीको खोजमा केन्दि्रत मिठो कथा पनि हो । 'प्रोजेरिया'
रोग -जसले बालबालिकालाई बूढोजस्तो बनाइदिन्छ र १२/१४ वर्षकै उमेरमा मृत्युको मुखमा पुर्‍याउँछ) लाई मुख्य विषयवस्तु बनाइएको 'पा'मा बाबु र छोराको सम्बन्ध, पति र पत्नीको सम्बन्ध अनि राजनीतिक मोह र निश्चल प्रेमबीचको दूरीलाई गम्भीर रूपमा उठाइएको छ । यो त्यस्तो फिल्म हो जसले जति हँसाउँछ त्यति नै रुवाउँछ पनि ।
म्याडोनाका नाङ्गा तस्बिर
यो वर्ष सुपरस्टार पप गायिका म्याडोनाले आफ्ना नाङ्गा तस्बिरहरूको पहिलोपल्ट सार्वजनिक प्रदर्शनी गरिन् । लन्डनको आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा पपकी रानीले त्यस्ता नाङ्गा तस्बिर राखेकी थिइन् जसलाई त्यतिखेर खिचिएका हुन् जतिखेर उनी २० वर्षकी थिइन् र मोडलिङमा स्थापित हुनका लागि संघर्ष गरिरहेकी थिइन् । न्युयोर्कका फोटोग्राफर मार्टिन एचएमले १९७९ ताका उनका नाङ्गा तस्बिर खिचेका थिए जसबाट उनले प्रतितस्बिर ३० डलरका दरले रकम पाएकी थिइन् । तर पछि म्याडोनाले पप गानबाट प्रसिद्धि कमाएपछि फोटोग्राफर मार्टिनले लाखौंंमा उनका नाङ्गा तस्बिर प्लेब्वाई म्यागजिनलाई बेचेका
थिए । उनका नाङ्गा तस्बिरहरू श्वामश्वेत छन् ।
रहिनन् नाओमी
विश्वले यो वर्ष पहिली अश्वेत महिला मोडल नाओमी सिम्सलाई गुमायो । उनको ६१ वर्षको उमेरमा क्यान्सरबाट मृत्यु भएको हो । मोडलिङ क्षेत्रमा रहेको श्वेतहरूको वर्चस्व भत्काउँदै उनले आफूलाई पहिलो अश्वेत महिला मोडलका रूपमा स्थापित गराएकी थिइन् ।
६० को दशकमा मोडलिङमा प्रवेश गरेकी नाओमीकै कारण विश्व मोडलिङ क्षेत्रमा 'ब्ल्याक इज ब्युटिफुल' को उपमा चर्चामा आएको हो । सन् १९६७ मा टाइम्स म्यागाजिनको कभर पेजमा स्थान पाउने उनी पहिलो अश्वेत महिला थिइन् । गरिब परिवारकी नाओमी साथीहरूको प्रोत्साहनबाट मोडलिङ क्षेत्रमा होमिएकी थिइन् । सुरुका दिनमा मोडलिङ एजेन्सीहरूले काली भएकै कारण उनलाई स्थान दिन अस्वीकार गरेका थिए । टाइम्समा स्थान पाएपछि भने उनले कहिल्यै पछाडि र्फकनुपरेन ।
"मिस युनिभर्स"को ताज
भेनेजुयलाकी सुन्दरीलाई
यो वर्षको मिस युनिभर्सको उपाधि मिस भेनेजुयला स्टेफेनिया फर्नान्डिजले चुमिन् । गत वर्ष २००८
को मिस युनिभर्सको ताज पनि
भेनेजुयलाकै सुन्दरी डायना मेडोजाले पहिरिन सफल भएकी थिइन् । २००९ मा पनि लगातार दोस्रोपल्ट मिस युनिभर्सको ताज हात पारेर भेनेजुयलाका सुन्दरीले अन्य मुलुकका युवतीलाई चुनौती दिए । भव्य समारोहमा पूर्वमिस युनिभर्स डायनाले मिस युनिभर्स स्टेफेनियालाई १ लाख २० हजार अमेरिकी डलर पर्ने ताज पहिराइदिएकी थिइन् । प्रतियोगितामा दुई सुन्दरीहरू फस्ट रनरअप घोषित भए । मिस अस्ट्रेलिया रचेल फिन्स र मिस प्युरितो रिको मार्या माटोस पेरेज संयुक्त रूपमा फस्ट रनरअपको ताज ग्रहण गरे । यस्तै सेकेन्ड रनरअपको उपाधि भने मिस कोसोभोकी गुना ड्रगुसाले पाइन् । प्रतियोगितामा ८५ मुलुकका सुन्दरी सहभागी थिए ।
"बलात्कारी" नायक
बलिउड रजतपटले यो वर्ष 'खराब घटना'बाट पनि बदनामी हुनुपर्‍यो जहाँ एक नायकले घरेलु कामदारलाई बलात्कार गरे । नायक साइनी आहुजा २० वषर्ीया घरेलु कामदार युवतीसँगको 'बलात्कार प्रकरण' बाट झन्डै चार महिना जेल बसे । र, पछि धरौटी राखेर जनमानतमा छुटे । युवतीले बलात्कारको आरोप लगाए पनि नायक आहुजाले सहमतिमै 'यौन सम्पर्क' भएको बताए पनि विश्व सिने जगत्लाई नै छक्क पार्दै अनुसन्धान र डाक्टरी परीक्षणपछि उनले बलत्कार गरेकै प्रमाणित भयो । भारतीय प्रहरीका अनुसार घटनाको दिन साइनीकी पत्नी अनुपमा माइत गएकी थिइन् । युवती घरमा काम गर्न आएपछि साइनीले एक गिलास पानी ल्याउन अह्राए । जब उनी पानी लिएर कोठमा गइन् तब साइनीले ठूलो स्वरमा म्युजिक घन्काएर कोठा बन्द गरे अनि उनीमाथि बलात्कार गरे । बलात्कारपछि कसैलाई बताए ज्यान मार्ने चेतावनी दिएको आरोप युवतीले लगाएकी छन् ।
रिहान्ना "वुमन अफ दि इयर"
यो बर्ष विश्व चर्चित 'ग्लामर' पत्रिकाले हलिउडकी प्रख्यात गायिका रिहान्नालाई वर्षकी सर्वोत्कृष्ट महिला अर्थात् 'वुमन अफ दि इयर' घोषित गर्‍यो । प्रेमी क्रिस ब्राउनसँग सम्बन्ध टुक्रिएपछि निराश र निस्त्रिmय बनेकी रिहान्ना वर्षकी सर्वोत्कृष्ट महिलामा चुनिएपछि फेरि गायनमा सक्रिय भइन् । मिठो आवाजकी धनी रिहान्ना हलिउड संगीत पारिखीबीच निकै लोकपि्रय छिन् । लगतै प्रेमी क्रिसबाट घरेलु हिंसाको सिकार बनेको सार्वजनिक गर्दै अमेरिकी टेलिभिजन एबीसीसँग उनले 'घरेलु हिंसाबाट जो पनि पीडित हुनसक्ने भएकाले होसियार हुन' सबैलाई सतर्क गराइन् ।
केइन् भइन् "मिसवल्र्ड"
मिस गिब्रलटार केइन एल्दोरिनोले विश्वका १११ सुन्दरीलाई हराउँदै 'मिस वल्र्ड २००९' को ताज पहिरिन् । जब कार्यक्रमा उनी मिस वल्र्ड भएको घोषणा गरियो, तब २३ वषर्ीया सुन्दरी एल्दोरिनोका आँखाभरि खुसीको आँसु छचल्किएको थियो । मिस वल्र्ड भएपछि यी सुन्दरीको मुखबाट पहिलो वाक्य यस्तो निस्कियो, 'धन्यवाद दक्षिण अपि|mका, यो मेरो जिन्दगीकै सबैभन्दा महत्त्वपूर्ण क्षण हो ।' इबेरियन पेनिन्सुलास्थित बि्रटिस सीमारेखाभित्र पर्ने स्वशासित मुलुक गिब्रलटारलाई २३ वर्षे सुन्दरी केइनले पहिलोपटक विश्वसुन्दरीको ताज दिलाएकी हुन् । प्रतियोगितामा मिस मेक्सिको पर्ला बेल्ट्रान अकोस्टाले फस्ट रनरअप र साउथ अपि|mकाकी टाटुम केश्वारले सेकेन्ड रनरअपको उपाधि जितेका छन् ।

प्रकाशित : पुस १८, २०६६ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?