कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालीको नियति

अभावै अभावले ग्रसित मेरो जीवनमा नेपाल र नेपाल बाहिर गरी अथाह पसिना बगाए तापनि कुनै परिवर्तन आउन सकेन, जीवनका ३० सौं वसन्त बितिसक्दा पनि ।

कुनै बेला चक र डस्टरसँग मितेरी लगाए, कहिले असल कृषक त कहिले  विदेशका कलकारखानामा नंग्रा खियाए । जति परिश्रम गरे पनि नेपालको महँगीले गर्दा खल्ती खाली भइहाल्ने । आफ्नै प्यारो मुलुकमा एउटा विद्यालयको मास्टर भएको थिए ।  देश, काल र परिस्थिति आफू अनुकूल हुन सकेन । मेरो आवश्यकता पूरा नहुनुमा
प्यारो मातृभूमिकोके दोष ?
 विविध कारणले मलाई पनि कतारतिर डोरायो ।  आज पट्यार लाग्दो बालुवाको देशमा दिनरात  मेहनत गरिरहेको छु । सडकको चटपटेदेखि सदनको सांसद किनबेचसम्मको उत्तिकै हेक्का राख्ने मेरो बानीका कारण आफूले काम गर्ने कम्पनीका केही असजिला ब्यवहारले जहिले पनि कानका रौं ठाडो पारिरहन्छ । मानिससँग मानिसको व्यवहार नगरिने हाम्रो कम्पनीमा उच्च पदमा बसेर काम गर्ने शुद्धिशून्य विचार भएका र जीर्ण धारणा भएका उच्च पदाधिकारी तथा व्यवस्थापकहरूका कुराले जहिले पनि हपहपी गर्मी भएको महशुष गर्छु । यस्तो उच्च पदमा बसेर कामगर्ने हाम्रै नेपाली दाजुभाइहरू पनि नभएका हैनन् । चाहे नेपाली होस वा अन्य कहीं कतैबाट राहत पाइँदैन । पढ्न त पढियो तर बाँच्न नसक्ने गरी । जे जस्तो भए पनि अचानाले खुकुरीको चोट सहे जस्तै सहन बाध्य छु । यो कुरा सत्य रहेछ उच्च पदमा रहेका व्यक्तिहरू दुईवटा कुराले प्रभावित हुँदा रहेछन् ।  एउटा घमण्डी र अर्को आत्मा सन्तुष्टि । उनीहरूले आफ्नो अतित बिर्सिसकेका हुँदा रहेछन् । कम्पनीले दिएको जिम्मेवारीलाई अधिकार सम्झी आफूभन्दा तलका कर्मचारीहरूलाई होच्याउने, दमन गर्ने सधै मानव र मानवताको व्यवहार नै नगर्ने हँुदा रहेछन् ।  काम आमाको गर्भबाट जानेर आएको हँुदैन सबै कुरा समय र परिस्थितिले सिकाउँछ मानिसमा भएको विशेष क्षमताको कारणले गर्दा उनीहरूलाई काममा राख्ने गरिन्छ । तर्सथ व्यवस्थापकहरूले उसको कमजोरीभन्दा क्षमताको खोजी गर्नुपर्ने हुन्छ ।
मानिसको शत्रु मानिस नै रहेछ बढी कुनै नेपाली अगाडि बढ्ने प्रयास गरेको खण्डमा उसलाई अनावश्यक लान्छना लगाएर खुट्टा तान्ने प्रवृत्ति हाबी भएको हाम्रो कम्पनीमा अरू अगाडि हिँड्दा आफू हेपिएको  अनुभव गर्ने अज्ञानीहरूको ठूलो जत्था नै पाइने रहेछ । विना क्षमता कुनै मानिसको पदोन्नति गर्ने वा कोही व्यक्तिलाई सानो गल्ती गरेकै भरमा निकाली दिने र अनेकौं चेतावनी आउँदा आउँदै पनि आफ्नै फेरिफेरिका भरौटेहरूलाई टिकाई राख्नु यो कम्पनीको विशेषता नै रहेछ । करिब ४ हजारको हाराहरीमा पूर्व मेचिदेखि पश्चिम महाकाली सम्मका नेपाली कामदाहरूले काम गर्ने हाम्रो कम्पनीको विषयमा आ-आफ्नै तरिकाले विश्लेषण गरेका होलान् तर मेरो विचारमा कम्पनीभन्दा पनि सञ्चालकहरूको अपरिपक्कपनका कारण हामी नेपालीहरूको ठूलो समस्या बेर्होनुपरेको छ ।
-विष्णुप्रसाद लामिछाने
 कास्की,  हालःदोह
 

प्रकाशित : पुस १८, २०६६ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?