कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शान्तिपूर्ण आन्दोलन !

हाम्रो देश नेपाल एक समयमा विश्वमा नै शान्ति क्षेत्रका रूपमा चिनिएको मुलुक हो ।

विश्वको कुनै कुनामा गएर सगरमाथाको देश, सुन्दर र शान्ति पूर्ण देश भनेर चिनिने गरिन्थ्यो तर आज आएर राजनीतिक द्वन्द्वका कारणल विश्वको सामु शिर ठाडो पार्न असहज लाग्ने भएको छ । नेपालमा केही वर्ष यताबाट देशमा दैनिक बन्द, हडताल र आन्दोलन बढी हुन थालेको छन् । बन्दमा कति मोटरसाइकल, बस, एम्बुलेन्स वा अन्य सवारी साधन टुट्ने फुट्ने वा जलने हो थहा हुँदैन । हाम्रो देशको बन्द हडताल गर्न प्रमुख मानिने पार्टी नेकपा मावोवादीले केही वर्ष पहिला निकै लामो सशस्त्र युद्ध गर्‍यो । कयौ व्यक्ति मारिए । कतिको अहिलेसम्म पनि अत्तो पत्तो छैन । कति घरव्यहार विहीन भए ।
नेकपा माओवादी र सरकारबीच शान्ति सम्झौता भयो । त्यस सम्झौतामा अब कुनै पनि पक्षबाट हिँसात्मक आन्दोलन नगर्न सम्झौत पनि भयो । त्यसपछिको संविधान सभामो चुनावमा माओवादी बढी सिट ल्याउन सफल भयो । अन्य दलले भन्दा धेरै मत ल्याएकोले सरकार बनाउन पनि सफल भएको थियो तर माओवदिको दुर्भाग्य नै होला सरकार चलाउन असफल भयो । सफल नभए पछि सम्पूर्ण नेकपा मावावादीका नेताहरूले पाएका मन्त्रीपदबाट बाहिरिए र उनिहरु नागरिक सर्वोच्चता चाहियो भन्देै विभिन्न क्षेत्रबाट आन्दोलन गर्न थाले । सोही अनुरूप नेकपा माओवादीले पुसको ५,६ र७ गतेका दिनहरु बन्दको घोषण गरे । यो तिनदिनको आन्दोलन हिंसा र द्वन्द्व रहित आन्दोलन हुनेछ भनी उनीहरुले भन्दै आएका थिए । तर बन्दको पहिलो दिन नै देशका विभिन्न क्षेत्रमा सवारिसाधन, मोटरसाइकल, एम्बुलेन्स, आदिलाई आगजनीका साथै तोडफोड गरियो । काठमाडौंको बानेश्वरमा प्रहरी डि एसपिलाई ४२ टाँका लगाउनुपर्ने गरी कुटियो । यही नै हो शान्तिपूर्ण आन्दोलन ? त्यस्तै गरी दोस्रो र तस्रो दिन पनि हिंसात्मक आन्दोलन नै गरे । माओवादीका कार्यकताहरूले समाचार संकलन गर्न गएका पत्रकार समेत कुटे । कति सर्वसाधरणका पसलका सिसा फोरे । यसरी नै नागरिक सर्वोच्चवताको रूपमा बन्द, हडताल गरेर नागरिकलाई दुःख, पीडा र यातना दिँदा नागरिक सर्वोच्चवता कायम हुन्छ कि हनन्ा् ? यदि जनताको हित र भलो चाहाने हो भने, बन्द र हडताल नगरी शान्ति पूर्ण खालका कार्यक्रम गर्ने र वार्ताको माध्यमबाट देशलाई अगाडि बढाउएर फेरी पनि नेपाललाई शान्ति क्षेत्र भनेर बिश्वमा चिनाउनु पर्ने बेला आएको छ ।
- सन्तोष बुढाथोकी, काठमाडौंं

प्रकाशित : पुस १८, २०६६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?