कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारबाट फर्किने बेलामा बिपत्ति

सुन्दरबस्ती -चितवन — 'दुई कट्ठा जमिन धितो राखेर गा' हुन्,' शुक्रबहादुरका मीत कृष्ण गुरुङले भने, 'फर्किने बेलामा यस्तो बिपत्ति आइलाग्यो ।

' सदरमुकाम भरतपुरबाट ३० किलोमिटर दूरीेको खरको छानामा सोमबार मध्याह्नदेखि ताला लागेको छ । चुलोमा खरानी फुङ्ग उडेको छ । मंगलबार छिमेकका धुरीबाट धूवाँ निस्कियो । स्थानीय शुक्रबहादुर राईको घर सुनसान छ ।
परिवारका तीन सदस्यको सोमबार
बिहान घरछेउमा भएको मोर्टार विस्फोटमा ज्यान गयो । तीन अस्पतालको शय्यामा छन् । यिनै सदस्यको सुखका लागि धन आर्जन गर्न तीन वर्षअघि कतार पुगेका शुक्रबहादुर मंगलबार अपराह्न पीडा बोकेर फर्के । जंगलमा फेला पारेर ल्याएको मोर्टार विस्फोटमा परिवारका सदस्य परेको खबर आफन्तले पहिला कतारमै रहेका उनका भाइलाई गरेका थिए ।
घरमा भर्खर १२ कक्षा सकेर शिक्षण अभ्यास गरिरहेकी जेठी छोरी रमा र वृद्ध बाबु मात्रै सकुशल छन् । उनी विस्फोटका बेला छिमेकको विद्यालयमा पढाउँदै थिइन् । नाबालक छोरा रामकुमार र अरविन्दको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
स्थानीय पीडित समितिका संयोजकसमेत रहेका कृष्णका अनुसार यो परिवारको ४ कट्ठा जमिन र कच्चि घर मात्रै हो । दैनिक ज्यालमजदुरी गरेर छाक टार्दै आएका थिए । ज्यान गुमाएकी शुक्रकी पत्नी  र छोरी राममाया ज्यालादारी गर्थे ।
आफन्तका अनुसार छोरी रमा, १० वषर्ीय अरविन र ७ वषर्ीय नवीनले गत भदौमा सशस्त्रको फायरिङ रेन्ज क्षेत्रको जंगलबाट मोर्टार फेला पारेर ल्याएका थिए । रूखको टोड्कामा माटो पोतेर राखिएको मोर्टार उनीहरूले घरमा ल्याएर धोइपखाली राखेका थिए । त्यति बेला ठोक्दासमेत नपड्किएकाले फलाम भएको विश्वासमा घरमा राखेको रमाले बताइन् । विपन्न राई बस्तीबाट सय मिटर टाढाको मारताल खोलामा स्थानीय गढीमाई गणको फायरिङ रेन्ज रहेको छ । त्यहाँ नियमित फायरिङ हुने गर्छ ।
'बुझाइ दिनुपर्छ, राख्नुहुन्न भनेको मानेनन,' आफन्त चन्द्रमाया राईले भनिन्, 'आइतबार आलुसित साटन खोजेका थिए, तौलमा चित्त नबुझेर छोडे ।' परिवारका सदस्यले विस्फोटकलाई फलाम भएको विश्वास
गरेको स्थानीय बताउँछन् । प्रत्यक्षदर्शीका अनुसार मोर्टारको अघिल्लो र पछिल्लो भाग दुब्लो थियो । बीचमा मोटो थियो । राई परिवारले त्यसलाई कहीले बाख्राको खोरमा राख्थे भने कहीले दाउरामुनि ।

प्रकाशित : पुस १८, २०६६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?