कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब चितवन राजधानी !

नारायणगढ — चितवनलाई नयाँ नेपालको राजधानी बनाउन सबै दलले दौडधुप थालेका छन् ।

गत साता राजधानीस्थित विभिन्न पार्टीका केन्द्रीय अगुवा, योजना आयोगका उपाध्यक्ष्ालगायतसँग भेटेर राजधानीको मागसमेत दलहरूले प्रस्तुत गरिसकेका छन् ।
यहाँका नेताहरूले २ साताअघि जिल्लाका नौ पहाडी गाविसको भ्रमणसमेत गरे । राजधानीका लागि क्ष्ाेत्रांकन र रेखांकनको काम भइरहेको छ । व्यवस्थित बसोबास र सहरीकरणका लागि जिल्लाकै गुरुयोजनाको तयारी भइरहेको छ । जनआन्दोलन २ देखि जिल्लालाई वैकल्पिक राजधानीका रूपमा पेस गरिँदै आएको छ । सरोकारवाला र बुद्धिजीवीले पहिले भूखण्डीकरण रोक्न माग गर्दै राजधानी काठमाडौंका समस्याबाट पाठ सिक्नसमेत अनुरोध गरेका छन् ।
सभासद उमा अधिकारीले वर्तमान काठमाडौंकै हालत हुने हो भने राजधानीको माग व्यर्थ हुने बताइन् । समस्याबाट पाठ सिक्दै अहिले नै सहर र गाउँ व्यवस्थित गर्न उनले जोड दिइन् । उनले तत्काल बसोबास र कृषि क्ष्ाेत्र छुट्याउनुपर्ने
बताइन् । 'भद्रगोल छ जिल्ला,' उनले भनिन्, 'आधार तयार गर्नुहोस्, अनि राजधानीको माग गर्न सकिन्छ ।' स्थानीय कांग्रेस, एमाओवादी, एमाले, मालेलगायतका दलले राजधानीको माग सीधै गर्ने भन्दा त्यसका लागि पहिले पूर्वाधार गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पहिलो चरणमा तीव्र भूखण्डीकरण रोक्न जिल्लाको गुरुयोजना निर्माण अभियान सुरु भएको छ । गुरुयोजना निर्माण समितिले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा सहभागीले राजधानीको नाराभन्दा समृद्ध सहर बनाउने अभियानमा जुट्न आह्वान गरे । पछिल्लो समय घरजग्गा कारोबार तेब्बर वृद्धि भएर जिल्लाका उत्पादनशील जमिन धुरधुरमा खण्डीकरण भएका छन् । जिल्लाका ग्रामीण क्ष्ाेत्रमा समेत 'प्लटिङ' गरिएको छ ।
घरजग्गा कारोबार व्यवस्थित नभएको गुनासो स्वयं व्यवसायी गर्छन् । ठीक यसै बेला पूरै जिल्लाको गुरुयोजना निर्माणको पहल हुनाले स्थानीय बासिन्दामा सहर व्यवस्थित हुने आशा पलाएको छ ।

प्रकाशित : पुस १८, २०६६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?