कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिुन्तलीको बलात्कार र गृहमन्त्रीको तर्क

काठमाडौ — नियम कानुन केका लागि
बन्छ ? अपराध रोक्नलाई हो ।

नियम कानुन केका लागि
बन्छ ? अपराध रोक्नलाई हो । अपराध फैलाउनलाई अवश्य होइन । सरकारको सिन्दुर हाली, कानुनको बर्दी लगाइदिएर पहरेदार राख्नु देश र जनताको सुरक्षा गर्नका लागि हो ।
सात जना आफ्ना सहकर्मी प्रहरी बाट सुन्तली धामी बलत्कार हुन पुगेकी छन् । घटनापछि सुन्तली नै उस्ती हा,े सुन्तलीकै गल्ती छ भनेर तर्क गर्ने गृहमन्त्रीले कानुनको बर्दी लगाएका छन्
कि छैनन् ?
म गृह मन्त्रीलाई प्रश्न गर्न चाहन्छु, प्रहरी कार्यालयभित्र सात जनाले सुन्तलीलाई बलात्कार गरेका थिए कि एउटी सुन्तलीधामी एक्लैले सातजनालाई बलात्कार गरेकी थिइन् ? कुनै बेस्यालाई पनि उसको इच्छाविपरीत कसैले जबरजस्ती गर्छ भने त्यो बलात्कार र अपराध ठहरिन्छ ।
फेरि सात जनाबाट बलात्कृत सुन्तली कसरी उस्ती भइन् ?
यदि सुन्तली नै उस्ती हो भने उसलाई कानुनको कठघरामा उभ्याएर सत्य तथ्य के हो भनी सबै जनताको अगाडि किन
प्रस्ट पारिँदैन ।
सुन्तलीको पक्षमा भएकी डिआइ जी पार्वती थापाालई किन सरुवा गरियो ? पूरै प्रहरी प्रशासन, कानुनी राज्य र सरकारलाई नै लज्जित बनाउने सुन्तली बलात्कार घटनाको दोषी सुन्तली नै हो भने किन उनलाई सजाय दिइँदैन ? या यति गर्नसक्ने हिम्मत छैन गृहमन्त्रीसँग ? नत्र भने बलात्कारीलाई सजाय दिनुको साटो किन बलात्कृत सुन्तलीको चरित्रहत्या गर्दै हिँड्नु
हुन्छ, गृहमन्त्रीले ?
गृह मन्त्रीलाई यस्तो तर्क दिनु कति शोभनीय छ, विचार गर्नु पर्ने हो । ठूलो पदमा बसेको मान्छेले जे बोले पनि हुन्छ भन्ने लागेर यस्तो बोल्नु भएको त होइन ? अर्को लाजमर्दो कुरो प्रधानमन्त्रीकहाँ डेलिगेसन जाँदा अपराधीलाई कारबाही गर्नु मेरो हातमा छैन भनेर फर्काइन्छ भने
देशको सबैभन्दा शक्तिशाली पदमा बसेका प्रधानमन्त्रीको हातमा नभएर पशुपतिको जंगलमा बसेका बाँदरको हातमा छ त ?
अन्त्ामा ः महिला सञ्जाल, महिला आयोग, विरोधमा उत्रेका पद्मकन्या क्याम्पसका सम्पूर्ण विद्यार्थी, सुन्तलीकोपक्षमा बोल्ने डिआइजी थापा धन्यवाद सहित सुन्तली धामीका बलत्कारीलाई कानुनी कार्वाही परुन् भन्ने
कामना गर्दछु ।
- बराइली मोहन
सुनसरी, हाल ः अलखोर, कतार

प्रकाशित : पुस १८, २०६६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?