कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली मुस्लिमका अवस्था र सुधार

काठमाडौ — नेपालका मुस्लिमहरू राजा रत्न मल्लको पालादेखि नेपालमा व्यवसाय गर्ने उद्देश्यले उपत्यकामा पहाडी मुस्लिमहरूले बसोबास गरेको पाइन्छ भने तराईका पूर्वदेखि पश्चिम जिल्लासम्म परापूर्वकालदेखि आदिवासी जनजाति सरह बसोबास गरेको पाइन्छ ।


नेपाल प्राकृतिक सुन्दरताले भरिएको संसारको अति नै विकाशोन्मुख देश हो । जुन भौगोलिक संरचनाअनुसार तीन भाग तराई, पहाड र हिमालमा बाँडिएको छ । हाल नेपालको आर्थिक मेरुदण्ड प्रवासीहरूले रेमिटेन्स गरेको रकमबाट धाइरहेको छ । देशको आथिर्क अवस्था जर्जर रहेको छ भने राजनीतिक अवस्था अत्यन्तै तरल देखिन्छ । नेपालमा २ सय ५० वर्ष पुरानो शाहबंशीय शासन समाप्त भई संघीय लोकतान्त्रिक गण्ातन्त्रको निर्माण्ा भइसकेको तथा संविधान लेख्ने कार्य जारी छ ।
अन्तरिम संविधानमा राज्य बहुजातीय, बहुभाषकि, बहुधामिर्क, बहुसांस्कृतिक, विशेषतायुक्त सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेसी तथा संघीय लोकतान्त्रिक गण्ातन्त्र राज्य भनी उल्लेख गरिएको छ । देशमा सबै कुरा नयाँ तथा परिवतिर्त भएको हामीले अनुभव गरिसकेका छौं तर नेपाली मुस्लिमको अवस्थाजस्ताको त्यस्तै अर्थात् २ सय ५० वर्ष पुरानो नै छ । जनजाति दलितहरूको हकहितका लागि राज्यसञ्चालककातर्फबाट उनीहरूको हकहित, अधिकार, धामिर्क तथा सांस्कृतिक संरक्षण्ाका लागि साझा सवाल तथा विभिन्न किसिमको कार्यक्रम भइरहेको पाइएको छ । तर मुस्लिमहरूका लागि ईद, बकरा ईदको छुट्टीले सरकारद्वारा चित्त बुझाइँदै छ, तिमीहरूलाई दिने कुरा दिइसके अब धेरै पाइँदैन भन्ने जस्ताकार्य भइरहेको छ ।
खासगरी मुस्लिमहरूको अगुवाहरूले मुस्लिमहरूको अधिकारको निम्ति मौन बसेको पाइँदै छ । यस अवस्थामा आम मुस्लिम नागरिकले सचेत हुनु जरुरी देखिन्छ तर आफ्ना मागहरू सरकारसमक्ष पेस गर्न जरुरी देखिन्छ । के बन्द, हडताल तथा तोडफोड तथा चक्काजामले मात्र हक, अधिकार पाइन्छ ? याद रहोस् नेपाली मुस्लिमहरू कहिले पनि नेपालको अखण्डतामाथि आँच आउने खालको काम गरेको छैन न त गर्ने नै छन् भन्ने कुराको विश्वास यस सानो लेखबाट दिलाउन चाहन्छु । अर्को कुरा नेपाल बसोबास गर्ने जुनसुकै जातजाति तथा धर्मावलम्बीलाई पाखा लगाई नयाँ संविधान बनाइयो तथा कुनै एक जातिले बनाएको संविधान मान्नबाट इन्कार गर्‍यो भने त्यो संविधानको कुनै औचित्य रहँदैन । त्यसैले सबै जातजातिलाई समेटेर नयाँ संविधान बनाउनुपर्छ अनिमात्र नयाँ नेपाल शान्ति तथा समृद्ध नेपाल बन्न
सक्छ । सबै जातजातिहरूको सामाजिक, आथिर्क, धार्मिक तथा सांस्कृतिक अधिकारको सुरक्षा गर्नसके मात्र नयाँ नेपालको निर्माण्ा गर्न सकिन्छ । नेपालमा नेपाली मुस्लिमहरू पहिल्यैदेखि हेपिएका, चेपिएका छन् जुन सर्वविदितै छ ।
त्यसैले नेपाली मुस्लिमहरूको आफ्नो धर्मानुसारका आफ्ना मागहरू ती मागहरू निम्न छन् ।
१) मुस्लिम समुदायको पहिचान संविधानको प्रस्तावना उल्लेख हुनुपर्छ ।
२) मुस्लिमहरूको हकहित तथा अधिकारको सुनिश्चितता नयाँ बन्ने संविधानमा नै लेखिनुपर्छ ।
३) मुस्लिमहरूको मदरसा, मस्जिद, इदगाह्को बोर्ड गठन गरी त्यसको सुरक्षा तथा निर्माण्ा सम्भारको जिम्मा सरकारले लिनु पर्छ ।
४) मदरसाबाट प्राप्त शिक्षालाई राष्ट्रिय शिक्षा सरह मान्यता प्रदान गरी सरकारी निकायमा रोजगारी दिने जिम्मा सरकारले लिनु पर्छ ।
५) हज हाउसको निर्माण्ा तथा हज कमिटीको गठन गरिनुपर्ने जसमा मुस्लिम धामिर्क कार्यबाहेक कुनै किसिमको राजनीतिक हस्तक्षेप हुनु हुँदैन ।
६) सरकारी तथा गैरसरकारी निकायमा रोजगारीको व्यवस्था गाविस, जिल्ला, अञ्चल, क्षेत्रीय तथा राज्यस्तरमा समानरूपमा गरिनुपर्छ ।
७) मुस्लिमहरूले आफ्नो परम्परानुसार
-कुरानमा उल्लेख गरिएअनुसार) कानुनी बाधा अडचन बिनाको सहज र सरल तवरले गर्न बैवाहिक कार्य गर्न पाउनुपर्छ ।
८) मुस्लिमहरूको जनसंख्याका आधारमा सरकारी तथा गैरसरकारी स्तरमा रोजगार तथा राष्ट्रनिर्माण्ा कार्य तथा संवैधानिक निकायमा आरक्षण्ाको व्यवस्था हुनुपर्छ ।
९) उच्च शिक्षा जस्तै डाक्टर, इन्जिनियर लगायत शिक्षामा आरक्षण्ाको व्यवस्था तथा आथिर्क सहयोग सरकारबाट हुनुपर्छ ।
१०) मुस्लिमको सामाजिक, आर्थिक, धार्मिक तथा राजनीतिकजस्ता क्रियाकलापमा स्थायी आरक्षण्ा हुनुपर्छ ।
लेखक ः प्रवासी नेपाली मुस्लिम समाज, कतारका उपाध्यक्ष हुन् । 
 

प्रकाशित : पुस १८, २०६६ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?