कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उतारचढावमा नेपाली खेलकुद

जगदीश्वर पाण्डे

काठमाडौ — उतार र चढाव, सन् २०११ मा नेपाली खेलकुदको अवस्था यस्तै रह्यो । केही खेलमा राम्रो नतिजा निस्के पनि केहीको प्रदर्शन बिर्सनलायक रह्यो । घरेलु फुटबलमा नेपाल पुलिस क्लबको तीन वर्षदेखिको आधिपत्य यसपल्ट पनि रह्यो ।

अन्तर्राष्ट्रिय फुटबलमा भने नेपालको यात्रा उतारचढाप पूर्ण रह्यो । साफ च्याम्पियनसिपमा नेपाल १२ वर्षपछि सेमिफाइनल पुग्यो । क्रिकेट नेपाल आईसीसी विश्वकप ट्वान्टी-ट्वान्टी क्रिकेटको छनोट भयो । यू-१९ पुरुषतर्फ पनि नेपाल यू-१९ विश्वकप क्रिकेटको छनोटमा पुग्न सफल रह्यो । तेक्वान्दोका लागि यो वर्ष खराब रह्यो । सन् २०१२ मा हुने लन्डन ओलम्पिकका लागि कुनै पनि तेक्वान्दो खेलाडी छनोट हुन सकेनन् । बक्सिङ खेलाडी पनि ओलम्पिकमा छनोट हुनबाट चुके । राष्ट्रिय खेलकुद परिषद् -राखेप) ले छैटौं राष्ट्रिय खेलकुदको घोषणा गर्दै सुदख समाचार दियो । पहिलोपल्ट श्रीलंकामा भएको बिच एसियाली खेलकुदमा नेपालको लागि स्मरणीय रह्यो ।
पुलिस क्लबले साउनमा तेस्रोपल्ट रेडबुल सहिद स्मारक 'ए' डिभिजन लिग जित्यो । उसले गोलअन्तरका आधारमा लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी क्लबलाई पछि पारेको हो । भारतमा भएको साफ च्याम्पियसिपको सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै नेपाल बाहिरिएको हो । समूह चरणमा नेपाली कप्तान सागर थापाले पि|mकिक मार्फत स्मरणीय गोल गर्दै बंगलादेशलाई १-० ले हराएको थियो । सागरले त्यस खेलमा गरेको गोल विश्वमै चर्चा पाउन सफल रह्यो । जुन नेपाली फुटबलले विश्वमा पाएको यो सबैभन्दा ठूलो चर्चा हो ।
नेपालको विश्वकप फुटबलको एसियाली छनोट यात्रा दोस्रो चरणबाट अघि बढ्न सकेन । नेपालले पहिलो चरणमा घरेलु मैदान दशरथ रंगशालामा इस्ट टिमोरलाई हरायो ।  दोस्रो चरणमा भने जोर्डनसँग पराजित हुनुपर्‍यो । नेपालले सन् २०१२ मा मार्चमा एएफसी च्यालेन्जकप फुटबलको आयोजनाको जिम्मेवारी पाउने निणय यसै वर्ष भयो । नेपालले माल्दिभ्स र प्यालेस्टाइनलाई निराश पार्दै प्रतियोगिताको पहिलोपल्ट आयोजना गर्ने मौका पाएको हो । भरत खवासको समूह चरणमा गरेको एक मात्र गोलको मदतले नेपाल एएफसी च्यालेन्जकपको अन्तिम चरणमा पुगेको थियो ।
पहिलोपल्ट राष्ट्रिय लिगको अखिल नेपाल फुटबल संघ -एन्फा) ले यसै वर्ष घोषणा गर्‍यो । राजधानीमा केन्दि्रत फुटबललाई एन्फाले यो वर्षदेखि जिल्लातर्फ पनि डोर्‍यायो । जसले फुटबल विकासमा टेवा पुगेको छ । नेपाली क्रिकेटका लागि २०११ कोसेढुंगा सावित भयो । स्थापनाको ६४ वर्षमा नेपाल क्रिकेट संघले पहिलोपल्ट निर्वाचत गर्‍यो । पहिलो निर्वाचित अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य टंक आङवुहाङ चुनिए ।

 

प्रकाशित : पुस २३, २०६८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?