कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाडीका १२ महिना

काठमाडौ — वैदेशिक रोजगारको प्रमुख गन्तव्य खाडीमा २०११ स्मरणीय रह्यो  । यो अवधिमा भएका उल्लेख्य घटनालाई संकलन गरिएको छ ।


जनवरी-
घरेलु कामदार ल्याउन मापदण्ड तयार- कतारमा घरेलु कामदार ल्याउन दूतावासले मापदण्ड बनायो ।
दीपकलाई सम्मान- तेक्वान्दोको राष्ट्रिय खेलाडी दपिक विष्टलाई एनआरएन, कतारले २ लाख रुपैयाँसहित सम्मान गर्‍यो ।
११ म्यानपावर कालो सूचीमा- नेपाली दूतावासले वैदेशिक रोजगारका नाममा ठगी गर्ने ११ म्यानपावर कम्पनीलाई कालो सूचीमा राखी कारोबारसमेत रोक्का गर्‍यो । सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलबमा, एउटा कम्पनीको भिसामा अर्को कम्पनीको श्रम सम्झौता बनाउने र एउटा कामको आश्वासन दिएर अर्कै काममा पठाउने गरेकाले कारबाहीको सिफारिस गरेको हो ।
हत्याको अभियोगमा ११ नेपाली थुनामा - साउदी अरबको जेद्धामा सामूहिक झगडामा परी मारिएका भारतीय श्रमिकको अभियोग बेहोर्दै ११ नेपाली जेलमा थुनिए ।
दुवईमा एनआरएन पाँचौं क्षेत्रीय सम्मेलन- एनआरएनए सम्मेलनले संस्थागत संरक्षण लिएर गैरकानुनी काम गरेको भन्दै यसलाई रोक्न इकाई संघहरूलाई निर्देशन दिएको थियो ।

फेबु्रअरी
कतारमा एसियन कप- कतारमा भएको एसियन कप २०११ को उपाधि जापानले कब्जा गरेको थियो ।
नेपालीलाई चिठ्ठा- सफारी महलद्वारा 'विन वन मिलिएन अफर'को लक्की ड्रमा १० लाख रियाल अर्थात् २ करोड रुपैयाँको पहिलो पुरस्कार भैरवहा रुपन्देहीका जयमंगल यादवलाई परेको थियो ।

मार्च-
राष्ट्रपति कुवेतमा- राष्ट्रपति रामवरण यादव कुवेतको स्वतन्त्रता-स्वर्ण वर्ष समारोहमा विशेष आमन्त्रित अतिथि बनेर सहभागी भएका थिए ।
जनसम्पर्क मञ्चमा सुवेदी- जनसम्पर्क समितिको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्वमा विमल सुवेदी चयन भए ।
सन्त नेताको शोक- पूर्वप्रधानमन्त्री एवं कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निधनमा नपाली नियोगमा विभिन्न देशका राजदूतसहित नेपाली श्रमिकले शोक मनाए ।
एनटीसी र क्यूटेलबीच सम्झौता- नेपाल टेलिकम र कतारको सरकारी टेलिकम क्यूटेलबीच टेलिकम सेवालाई प्रभावकारी बनाउन नेपाल टेलिकमका प्रमुख कार्यकारी अधिकृत अमरनाथ सिंह र क्युटेलका प्रमुख सञ्चालक अधिकृत निक डेन्टबीच सर्किट थप्ने र कलरेटलाई सस्तो गर्ने समझदारी भयो ।
खगेन्द्र सम्मानित- नेपाल प्रवासी मगर संघ कतारले आयोजना गरेको मगर सांस्कृतिक साँझमा विश्वकै होचा व्यक्तिको रूपमा गिनिज बुक अफ रेकर्डमा नाम दर्ता गर्न सफल खगेन्द्र थापा मगरलाई सम्मान गरियो ।

अपि्रल-
नेपाली क्लबलाई मान्यता- बहराइन सरकारलेे 'नेपाल क्लब बहराइन'लाई मान्यता दियो ।
बहराइन र ओमन खुला- नेपाल सरकारले नेपालीका लागि असुरक्षित ठानेर कामदार पठाउन रोक लगाएका दुई मुलुक बहराइन र ओमनमा पुनः कामदार पठाउने निर्णय भयो ।

मे-
कतारमा एमआरपी-कतारमा पहिलोपटक मेसिन रिडेबल पासपोर्ट वितरण गरियो ।

जुन-
नेपाल प्रचारको नयाँ शैली- नेपाली दूतावासले मल्टिमिडिया डिस्प्ले सञ्चालक फायर Ïलाई कम्युनिकेसनसँग सम्झौता गरी जुन १ देखि जुन ३० सम्म नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै कतारको भिलाजिओ महलका टीभी स्त्रिmनबाट पर्यटकहरू आकषिर्त गर्न नेपाल सम्बन्धी जानकारी प्रसारण गरेको थियो ।
गाउँलेलाई एम्बुलेन्स- प्रवासी झापाली सम्र्पक मञ्चले सुरुङ्गामा एम्बुलेन्स सञ्चालन गरेको थियो ।

जुलाई
मुद्दा जिते- कतारस्थित समुद्रमा पानीजहाज दुर्घटनामा परी मृत्यु भएका १२ कामदारमध्ये ८ जनाको परिवारले कतारको पुनरावेदन अदालतबाट क्षतिपूर्ति मुद्दा जिते ।
डोल्माको जेलबसाइ थप- कुवेतमा फिलिपिनो सहकर्मीको हत्या अभियोगमा सुरुमा मृत्युदण्ड र लगत्तै आजीवन कारावासको सजाय पाएकी सिन्धुपाल्चोककी डोल्मा शेर्पाको कारावास सजाय अवधि ५ वर्ष थपिएको थियो । यसअघि कुवेती अमिरबाट सजाय मिनाहा भएर उनी २०१२ को जुनमा नेपाल फिर्ने भएकी थिइन् ।
विश्वव्यापी कवितामा कतारबाट प्रथम- विश्व नेपाली साहित्यि महासंघ केन्द्रीय समिति ब्रुनाईद्वारा आयोजित खुला विश्व अडियो कविता प्रतियोगितामा नवोदित साहित्यिक मोबाइल पुस्तकाल कतारका सचिव चर्चित ढुंगेल
प्रथम भए ।
कतारमा नेपाली चाउचाउ- कतारको बजारमा नेपालमा उत्पादित मायोज चाउचाउ अलमाया इन्टरनेसनलले डिस्टि्रब्युसन सुरु गरेको थियो ।

अगस्ट
आप्रवासी भलिबल- कतार भलिबल एसोसियसनद्वारा आप्रवासी कामदारबीच पहिलोपटक भलिबल खेल आयोजना भयो । प्रतियोगितामा नेपाल, बंगलादेश, लेवलान, सुडान, फिलिपिन्स, श्रीलंका, इरान, पाकिस्तान र भारतसहित ९ टिम थिए । २०१२ को मार्च २३ मा प्रतियोगिताको फाइन खेल हुनेछ ।
नेपाली चलचित्र- कतारमा पहिलोपटक
आदिवासी जनजाति चलचित्र महोत्सव
सम्पन्न भयो ।
अन्सारीलाई सफाइ- साउदी अरबबाट फिर्ता बोलाइएका राजदूत हमिद अन्सारीलाई मृतक परिवारको क्षतिपूर्ति रकम ४० लाख रुपैया हिनामिना गरेको आरोप लाग्यो । उनले दुई मृतक परिवारलाई रकम हस्तान्तरण गरेपछि नेपाल सरकारले सफाइ दिएको हो ।

सेप्टेम्बर
एनआरएनमा गुरुङ- गैरआवासीय नेपाली संघ कतारको अध्यक्षमा पेसाकर्मी अमृत
गुरुङ चुनिए ।
यूएई एनआरएनमा रोका- मध्यपूर्वको सबैभन्दा बढी परिषद् सदस्य भएको एनआरएन यूएईको नेतृत्वमा चन्द्रबहादुर रोका सर्वसम्मत चयन भए ।
प्रधानमन्त्रीसँग भेटघाट- राष्ट्र संघीय महासंघमा भाग लिएर स्वदेश र्फकने क्रममा नेपाली राजदूतनिवासमा प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली श्रमिक समुदायसँग
भेटघाट गरे ।

अक्टोबर
राष्ट्रपति कतार भ्रमणमा- कतारका अमिर शेख हमाद बिन खालिफा अलथानीको विशेष निमन्त्रणामा राष्ट्रपति डा.रामवरण यादव ४ दिने कतार भ्रमणमा आएका थिए । राष्ट्रपति र अमिरको उपस्थितिमा कानुन र पर्यटन सहयोग सम्बन्धी स्मृतिपत्र -एमओयू) मा हस्ताक्षर
भएको थियो ।
सचिवमा कार्की, मध्यपूर्वमा भाट- एनआरएनए आईसीसी सचिवमा टीबी कार्की र मध्यपूर्व संयोजकमा नरेन्द्र भाट छानिए ।
अग्लो टावरमा नेपाली- संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै अग्लो टावर 'बुर्ज खलिफा' निमार्णमा सम्लग्न भएका संसारकै १ सय ४ जना कामदारको फोटो राखिएको छ । झमकबहादुर श्रेश्मा र लक्ष्मण श्रेष्ठको फोटो प|mेमिङ गरेर राखिएको छ ।

नोभेम्बर
गैरआवासीय नेपाली तारा- तमु सांस्कृतिक परिवारले आयोजना गरेको गैरआवासीय नेपाली तारा-२०११ को गायन विधामा दिनेश लिम्बू र नृत्यमा बिभस दुतराज चुनिए ।
३ जनालाई क्षतिपूर्ति- कतारको समुद्रमा २००९ जुन ३० मा भएको पानीजहाज दुर्घटनामा मृत्यु भएका ३ जनाका परिवारले क्षतिपूर्ति
बापतको रकम पाएका थिए । उक्त दुर्घटनामा १२ जना नेपालीको मृत्यु भएको थियो । जसमध्ये ५ को क्षतिपूर्ति प्रक्रियामा र ४ को मुद्दा चल्दै छ ।
नेपाली एकतामा श्रेष्ठ- कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलनबाट राजेन्द्र श्रेष्ठ अध्यक्षमा चयन भए ।
एक नेपालीलाई मृत्युदण्ड- पाकिस्तानी नागरिकलाई हत्या गरेको अभियोगमा साउदी अरबको अदालतले झिटकटिया-४ धनुषाका उमेश यादवलाई मृत्युदण्ड सजाय सुनाएको थियो ।

डिसेम्बर
प्रवासमा पञ्चैबाजा- नेपाली जनप्रगतिशील मञ्चको भ्रातृ संगठन नेपाल प्रवास दलित एकता संगठनले कतारमा पञ्चैबाजा भित्र्यायो ।
साउदीमा हस्तलिखित राहदानीलाई समस्या- साउदी अरबले हस्तलिखित राहदानीबाट आफ्नो देशको सुरक्षामा असर पुग्ने भन्दै एक महिनाअघि नेपालसहित १२ देशका कामदारका त्यस्ता राहदानीमा भिसा लगाउन छोडेको छ ।


प्रकाशित : पुस २३, २०६८ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?