कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाडी डायरी

काठमाडौ — फुजेराका गोलघुम्तीहरुयूएईको फुजेरा प्रान्तको यात्रा चल्दै थियो । हामी सार्जाबाट ८१ किमि परको शुक्रबारे बजार -प|mाइडे मार्केट) मा करिब एक घन्टा बिताएर अघि बढ्यौं ।

मरुभूमिको देशमा पहाडको फेदीमुनि पर्ने यो बजार आफैंमा अनौठो थियो । यस्तै पडाहको अवलोकन गर्दै हामी फुजेरातर्फ लम्कियौं । यात्रामा ३ जना थियौं- काठमाडौंका विश्व श्रेष्ठ, अर्घाखाँचीका सुरेश बस्याल र म । शुक्रबारे बजारबाट हामीलाई फुजेरा पुग्न अझै ३५ किमि बाँकी थियो ।
बाटोमा बिजुलीको लाइन र मोबाइल टावर हेर्दै अघि बढ्यौं । नजिकै एउटा बजार जसलाई मसाबी भनिदो रहेछ, आयो । होटल, पसलहरू र मसाबी अस्पताल पनि रहेछ । मसाबीबाट फुजेर पुग्न ३ किमि बाँंकी थियो । एक ठाउँमा बाटो खुबै गड्याङ गुडुङ आयो । बाटो बनाउँदै थियो । बाटोको दायाँ, बायाँ काला बुख्याचा थिए । अँ, यो बाटो सही सलामत छैन, बन्दै छ भन्ने संकेत हो भन्दै
थिए, सहयात्रीहरू ।
फुजेरमा विमानस्थल पनि रहेछ । जहाजहरू तल झर्दै थिए- ल्यान्डिङको लागि । दिउँसो पौने ४ बजेतिर फुजेरा बजार पुग्यौं । अग्ला भवन बन्दै गरेका रहेछन् । यूएईका दुबई, सार्जा, अवुधावीजस्तै यहाँका अग्ला भवनमा पनि हेलिप्याड रहेछ । हामी बजारलाई छिचोल्दै समुद्र किनारतर्फको पार्क गयौं । चोकचोकमा अन्यत्र जाने संकेत चिन्हहरू थिए, जसमा ओमन जाने संकेत पनि देखियो । ओमनसँग सडक सीमा जोडिएको छ, यूएई । फुजेराबाट पनि जान सकिने रहेछ । नजिकै समुद्र छ । समुद्र किनारको पार्कमा बगैंचा रहेछ, चिल्ड्रेन पार्क पनि । पार्कमा झुन्डाएको पिर्के पिङको आनन्द हामीले पनि लिइयो । फुजेरा पर्यटकीय ठाउँ भएकोले आकषिर्त गर्ने भौतिक संरचना रहेछन्, निर्माण पनि हुँदै छन् । नजिकै समुद्रमा मोटरबोटहरू खुबै कुदिरहेका थिए ।
फुजेरमा मानिसको चहलपहल अलि कम लाग्यो । यताउता घुम्दा पनि नेपाली भेट्न सकिएन । एउटा रेमिट्यान्स कम्पनीमा सहकर्मीहरूका चिनजानकालाई भेट्न गयौं । तर सुरक्षाकर्मीले ५ बजे आउँछन् भन्दै थिए । हामी त्यहाँबाट बाटो तताएर घुम्न निस्कियौं । फुजेरमा एक विशेषता के देखियो भने यहाँ बाटोका गोल घुम्ती -राउन्ड अवाउट) हरूमा बढो मजाका प्रतिमूर्तिहरू थिए- कतै माछा, कतै करुवा, कतै हातले समातेको करुवा । राउनड अबाउटको नाम राख्न सजिलो रहेछ ।
हामीहरू बजारबाट अलि पर फुजेर बन्दरगाहा लेखेको तर्फ लाग्यौं । जहाँ जाँदा बाटोमा प्रस्टै देखिन्थ्यो, एक कालो पहाड । रूख बिरुवाविहीन पहाड डढेलो लागेको जस्तो देखिन्थ्यो, टाढैबाट । नजिकै समुद्र किनारतर्फ नियाल्दा कागहरूको बथान नै थिए । कोही समुद्र किनाराको वालुवा त कोही समुद्रमाथि विचरण गरिरहेका थिए । बडो स्वतन्त्रता पूर्वक उडिरहेका थिए । हामी अलि अघि तेलको ट्याङ्कर भएतर्फ लम्कियौं । जहाँ एकजना पाकिस्तानी भेटिए । उनले नजिकै भित्रतर्फ क्याम्पमा नेपालीहरू बस्छन् भनेर सुनाए । सोध्दै खोज्दै क्याप्प पुग्यौं । क्याम्पमै बस्ने एकजना फिलिपिनोले नेपाली बस्ने कोठा देखाइदिए । ढोका बन्द थियो, धकेल्यौं, खुल्यो । भित्र हेर्छौं कोही थिएनन् । सबै सुतेका पो रहेछन् । लौ, कुरा गर्न नपाइने भन्ने भयो । विश्व दाइले एकजनालाई उठाए । डबल डेकर खाटको माथि सुतेका ती युवक आँखा मिच्दै उठे । साह्रै डिस्टर्भ पो गरियो कि भन्ने मनमा लाग्यो र भन्यौं पनि । तर उनले ड्युटी जाने बेला हुन लागेको छ, केही फरक पर्दैन भनेपछि ढुक्क भयो । अरू तीनजना पनि रहेछन्, एकजना बाहिरबाट आए । ५ नेपाली युवकसँग भलाकुसारी गर्‍यौं फुजेरा, उनीहरूको दैनिकी र दसैंको चहलपहलबारे । अक्टोबर ३ मा
हामी पुग्दा दसैंको बेला थियो । तर उनीहरूमा दसैंको चहलपहल थिएन । एउटा चुरोट कम्पनीमा काम गर्ने उनीहरू दैनिक १० घन्टा ड्युटीमै
बित्थ्यो । बाँकी समय खानपिन, सुत्न र परिआएमा सानोतिनो काम गर्न । फुजेराका गोलघुम्तीजस्तै यिनीहरूको दैनिक घुम्दै रहेछ ।
 

प्रकाशित : पुस २३, २०६८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?