कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ मा फिल्म

सुशील पौडेल

काठमाडौ — धमाधम आमा बन्दै नायिकासन् २०१० जसरी मनीषा कोइरालाको मागी विवाहदेखि सञ्चिता लुइँटेलसम्मको भागी विवाहले चर्चित बन्यो ।

त्यसैगरी २०११ नायिकाहरूका लागि आमा बन्ने समय रह्यो । साल फिर्न एक महिनाअघि मात्रै छोरी जन्माएर नायिका मेलिना मानन्धरले खाता खोलिदिइन् । उनले पति नायक मुकेश ढकालबाट छोरी पाएको केही महिनापछि नै अर्की नायिका सञ्चिता पनि आमा बनिन् । नायक निखिल उप्रेतीकी कान्छी बनेकी उनले भने छोरालाई जन्म दिइन् । उता सञ्चिताले छोरो पाएपछि खेलाउन पुगेकी अर्की नायिका अरुणिमा लम्सालले पनि लगत्तै छोरी नै पाइन् । आफूसरहका नायिकाहरू धमाधम आमा बन्न थालेपछि अर्की नायिका रेखा थापाले भने एक समारोहमा दुःखेसो पोखिन्, 'मेरो आमा बन्ने रहर छवि -ओझा) ले वास्तै गर्दैन ।'
विवाह हल्ला/वास्तविकता
सन् २०११ नेपाली फिल्मका सेलिबि्रटीका लागि विवाह वास्तविकतादेखि हल्लाको हाउगुजीसम्म बन्यो । पति श्याम भट्टराईलाई स्वदेशमा छोडेर अमेरिका संघर्षमा पुगेकी नायिका रञ्जना शर्माले त्यहाँ दोस्रो विवाह गरेको हल्ला यतिखेर चर्चामा छ । तर नायिकाले भने उक्त समाचारलाई खण्डन गर्दै आफूले श्यामलाई नछोडेको दाबी गर्नुपर्‍यो । उसो त सोही वर्ष नायिका सुमिना घिमिरे, सुषमा कार्कीहरूले पहिले नै विवाह गरिसकेको समाचारले पनि चर्चा बटुल्यो । तर नायिकाहरू शोभिता सिम्खडा र अनुष्का ढकालले भने सुटुक्कै विवाह गरे पनि नायक भुवन केसीले छोरी काजलको विवाहमा पूर्वराजा ज्ञानेन्द्रदेखि उच्च नेतासम्मलाई बोलाएर हल्ला गरे । नायक निरज बरालले पनि सन् २०११ मै लगनगाँठो कसे । जमानाकी नायिका पूजा चन्दले पनि सोही वर्षमा अर्को बर खोजिन्, अमेरिकामै ।
विदेशी फिल्ममा नेपाली कलाकार
विदेशी फिल्ममा मौका पाउनुलाई यहाँका कलाकार अहोभाग्य सम्झन्छन् जुन अनौठो पनि होइन । केही कलाकारले हलिउडको नभए पनि बलिउडसम्मको पहुँच भने राख्न खोजेकै हुन् तर इतिहास खासै सफल छैन । पछिल्लो समय नायक विराज भट्ट मात्रै भोजपुरी फिल्ममा जमेको देखिएको छ भने नायक आर्यन सिग्देल पनि मोटो रकम पाएपछि भोजपुरी फिल्ममा खेल्ने चर्चा सन् २०११ मै चल्यो तर सुरु भने गरिसकेका छैनन् । तर नायक निखिल उप्रेतीले भने बलिउडकै ताक गरेको धेरै भइसक्यो । पछिल्लो समय उनले फिल्म 'गोलमाल ४' मा खेल्ने प्रस्ताव आएकोसम्म बताएका छन् । तर मुम्बई संघर्ष उनी र उनकी पत्नी सञ्चिताका लागि फलिफाप भइसकेको छैन । तर वर्ष ११ नायक राजवल्लभ कोइरालाका लागि भने फलिफाप देखिएको छ । त्यसो त स्वदेशमै पनि उनका 'मसान', 'पल' जस्ता फरक खालका फिल्मले चर्चा पाए भने भर्खरै एक नेपालमा आधारित हलिउड फिल्मका लागि खेल्न छानिएका छन् । उता अमेरिकामै बस्दै आएका रेस मरहठ्ठाले पनि हलिउडको एक एक्सन फिल्ममा एसियन मूलको नायकको रूपमा खेल्ने वर्ष ११ ले नै पक्का गरिदियो ।
विदेशी बजारमा पहुँच
नेपाल फिल्म क्षेत्रका लागि सानो बजार मानिन्छ । प्रतिफलको जोखिमले गर्दा पनि निर्माताहरू मन फुकाएर लगानी गर्न डराइरहेका छन् । यस्तो अवस्थामा नेपाली फिल्मले कोल्टे फेर्ने भनेको विदेशी बजारसम्म पहुँच पुर्‍याएर हो भन्ने बुझ्न थालेका कतिपय निर्माता/निर्देशकहरू बिस्तारै फिल्मलाई विदेशमा च्यारिटी सो गर्नेदेखि महोत्सवहरूमा सहभागी गराउनेसम्मका प्रयत्न गरिरहेका
छन् । त्यस अर्थमा पनि वर्ष ११ ले उल्लेख्य नेपाली फिल्मलाई विदेशी बजारको ढोका खोलिदियो । फिल्म 'च्यालेन्ज' अमेरिकामा च्याारिटी गरिएपछि अर्को फिल्म 'सायद' ले पनि त्यहाँ सफल च्यारिटी गरेको
छ । त्यसबाहेक 'बाटोमुनिको फूल', 'मसान', 'देवयानी' लगायतका केही फिल्मले विदेशमा चल्ने मौका पाए । तर वर्ष ११ ले नियमित फिल्म प्रदर्शनका लागि हङकङलाई पाएको छ । वर्ष निक्लँदो नेपाली पाँच फिल्मले त्यसको ढोका उघार्दै छन् ।
ईतिहासकै नाजुक घडी
समग्रमा वर्ष २०११ नेपाली फिल्म क्षेत्रका लागि भने ईतिहासकै नाजुक घडीका रूपमा रह्यो । लामो इतिहास बोकेको भए पनि यहाँको फिल्म क्षेत्र यस वर्ष व्यापारिक हिसाबले अत्यन्तै तरल रह्यो । पहिले प्रायः कमाउन नसके पनि साँवा उठाउने गरेका भए पनि २०११ मा आएका अधिकांश फिल्महरू भने डुबे । स्थापित भनेका निर्देशकहरू पनि असफल देखिए । शिव रेग्मी, तुलसी घिमिरेजस्ता निर्देशकका गम्भीर फिल्मदेखि शोभित बस्नेत, चिरञ्जीवी बस्नेत लगायतका मसले फिल्मले पनि लगानी उठाउन सकेनन् । शिव रेग्मीको मह जोडीलाई लिएर बनाएकै फिल्म 'हाँसिदेउ एकफेर' तीन दिनमै हलबाट उत्रियो । लगभग ९० प्रतिशत फिल्मले एक हप्ताभन्दा बढी हलमा टिक्ने आँट गरेनन् । 'त्यो दस घन्टा' फिल्मले पनि दुई दिनमै उत्रँदै सबैभन्दा थोरै हलमा टिक्ने फिल्ममा रेकर्ड राख्यो । ६०/७० फिल्म प्रदर्शनमा आएको वर्ष मुस्किलले 'श्रीमान्', 'अन्दाज', 'आचार्य', 'मसान' ले मात्रै केही राम्रो समीक्षा पाए भने लगानी पनि यिनैले मात्रै उठाए ।
आफ्नै पैसामा हिरो/हिरोइन
फिल्मले पैसा कमाउन छोडेपछि धेरै निर्माताहरू अत्तालिए, वर्ष २०११ भर । फिल्म बनाउने लत नै लागिसकेका कतिपय निर्माताले बनाउन छोडेनन्, बरु नयाँ नयाँ उपायको खोजीमा लागे । प्रायः ५०/६० लाखको हाराहारीमा फिल्म बन्ने गरेको अवस्थामा धेरैले त्यस अनुपातलाई घटाए । राम्रा फिल्म नबनेकैले दर्शक फिल्म खेल्न आउन छोडेकोमा लगानीको अनुपात घटाउन थालेपछि फिल्मको गुणस्तरमा झन् ह्रास आयो, वर्ष २०११ मा । तर निर्माताले भने लगानी खुम्चाउँदै त्यसमा पनि सेयर हाल्न 'मुर्गा' खोज्न ध्यान दिन थाले । हिरो बनाइदिएबापत कति र हिरोइन बनाइदिएबापत कति रकम असुल्ने वा जसले धेरै दिन सक्छ उसैलाई खेलाइदिनेसम्मका कसरत देखिए । उता स्त्रिmप्ट लेखकलाई पनि कथाको सिलसिलामा भन्दा मसलाको टे्रन्डमा लेख्न निर्माताले नै निर्देश गर्न थाले । निर्देशकलाई नाम मात्रैमा सीमित पारे । ठूलो लगानी अनि पछिल्लो अवस्थाले गर्दा कति उठाउने हो भन्ने डरमा परेका धेरै निर्माताहरू त आफैं फिल्ममा खेल्न तम्सिए, त्यो पनि सबै हिरोेमै । यसरी हिरो हुने निर्माताहरूमा लोकेन्द्र कार्की, रोज राणा, दिल श्रेष्ठ, बालनरसिंह राणा, कल्याण घिमिरे केही उदाहरण हुन् भने लगानी गरेरै नायिकाको मुख्य भूमिकामा झुल्किनेमा 'देवयानी' बाट विमला केसी र 'त्यो दस घन्टा' बाट नमिता शर्मा हुन् ।
ट्राजेडी
वर्ष १० को अनुपातमा नेपाली फिल्म क्षेत्रले खासै धेरै गुमाउनु
परेन । तर पनि रुसबाट चलचित्र निर्देशनमा स्नातकोत्तर गरी स्वदेशमै सक्रिय दीपक रायमाझीको
असामायिक निधन नै ठूलो ट्राजेडी बन्यो । हृदयाघातका कारण निधन हुनुअघि उनी 'डेस्टिनेसन काठमाण्डु' फिल्म गरिरहेका थिए भने केही फिल्म रिलिजको संघारमा पनि थिए ।



 

प्रकाशित : पुस २३, २०६८ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?