कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल भारतसँग भिड्दै

दोहा — दोहामा जारी आप्रवासी समुदाय बीचको भलिबल प्रतियोगितामा भोलि शुक्रबार नेपाल भारतसँग भिड्दै छ । मुन्तजा पार्क नजिक अल अरबिक क्लबमा दिउँसो साढे ३ बजे नेपाल र भारतबीचको खेल हुँदै छ ।
दूतावासले आफ्ना खेलाडीको हौसला बढाउन झाँकी र झन्डासहित दर्शकलाई उपस्थितिका लागि आग्रह गरेको छ । प्रतियोगितामा दर्शकलाई निःशुल्क प्रवेश छ ।

दोहामा जारी आप्रवासी समुदाय बीचको भलिबल प्रतियोगितामा भोलि शुक्रबार नेपाल भारतसँग भिड्दै छ । मुन्तजा पार्क नजिक अल अरबिक क्लबमा दिउँसो साढे ३ बजे नेपाल र भारतबीचको खेल हुँदै छ ।
दूतावासले आफ्ना खेलाडीको हौसला बढाउन झाँकी र झन्डासहित दर्शकलाई उपस्थितिका लागि आग्रह गरेको छ । प्रतियोगितामा दर्शकलाई निःशुल्क प्रवेश छ ।
यसअघि चार खेल खेलिसकेको नेपालले एक खेलमा मात्रै हार बेहोर्नुपरेको छ । आउँदो जनवरी ६ मा नेपाल फिलिपिन्ससँग भिड्नेछ । कतार भलिबल एसोसिएसनद्वारा आयोजित भलिबल प्रतियोगितामा हाल लिग चरणका खेलहरू भइरहेका छन् । लिगबाट छानिएका चार टिमबीच फेब्रुअरी २ देखि मार्च २३ सम्म चार साता उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : पुस २३, २०६८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?