कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोहा आइपुगे कलाकार

दोहा — नयाँ वर्षमा नेपाली सांस्कृतिक कार्यक्रम हुने भएको छ । 'नव वर्ष नेपाली सांस्कृतिक कार्यक्रम' का लागि कलाकारहरू दोहा आएका छन् । बुधबार राति नै उनीहरू दोहा उत्रिने कार्यक्रम संयोजक हरि बस्नेतले जनाए ।


कार्यक्रममा लोकदोहोरी गायक बद्री पंगेनी, लोकदोहोरी गायिका देवीका केसी, गायिका जुना रिजाल, गायक स्वरूपराज आचार्य, नायिका सुष्मा कार्की, नायक सुमन सिंह, गायिका ज्योति लोहनीको , भोजपुरी डान्सर सफलता, हास्य कलाकारद्वय धुर्मुस, सुन्तली र इन्डियन कलाकार बिना नैरको समेत प्रस्तुति रहनेछ । कार्यक्रमा कास्की आदर्श सेवा समाजको विशेष सहयोगी संस्थाको रूपमा छ भने अन्य संस्थाहरूले पनि सहयोग गरेका छन् । नेपालबाट सांगीतिक प्रस्तुति देखाउन आएका लोकदोहोरी गायिकाद्वय देविका केसी र ज्योति लोहनीको साथमा स्थानीय कलाकार हरि विनोद अधिकारीबीच दोहोरी बिहीबार हुने भएको छ । साँझ ६ बजेबाट फिलिपिनो मार्केट नजिकैको गल्फ होराइजन होटलमा दोहोरी हुने आयोजक समितिले जनाएको छ ।

प्रकाशित : पुस २३, २०६८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?