कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउड

काठमाडौ — २०११ का टप-११

सन् २०११ मा बलिउडका १ सय ८ वटा फिल्महरु रिलिज भए । अर्थात्, हरेक महिना सरदर ९ वटाका दरले प्रदर्शनमा आए ।

२०११ का टप-११

सन् २०११ मा बलिउडका १ सय ८ वटा फिल्महरु रिलिज भए । अर्थात्, हरेक महिना सरदर ९ वटाका दरले प्रदर्शनमा आए । रिलिज भएकामध्ये थोरैले मात्र बक्सअफिसमा पैसाको वषर्ा गराउन सके र सुपरहिट फिल्ममा आफूलाई दर्ज गराए । धेरै फिल्मले राम्रो आम्दानी गर्न सकेनन् र फ्लपको सूचीमा परे । सबैभन्दा अत्यधिक कमाई गर्ने फिल्ममा सलमान खानको 'बडीगार्ड' परेको छ भने गएको साता मात्रै रिजिल भएको शाहरुख खानको 'डन-टु' ले पनि पहिलो दिनमै १५ करोडको व्यापार गरेर राम्रो थालनी गरेको छ । बलिउडमा राम्रो आम्दानी गरेर सन् २०११ को टप-११ को सूचीमा 'डन-टु' ले कुन स्थानमा कब्जा जमाउने हो त्यसका लागि भने केही दिन कुर्नैपर्छ । त्यसैले अहिलेलाई यो फिल्मलाई टप-११ को अन्तिममा राखिएको हो ।

१. बडीगार्ड
रिलिजपूर्व नै चर्चामा रहेको सलमान खानको फिल्म 'बडीगार्ड' सन् २०११ मा बक्स अफिसमा सबैभन्दा बढी पैसाको वषर्ा गराउने अर्थात् सर्वाधिक कमाउने फिल्मका रूपमा सूचीकृत हुन पुग्यो । अगस्टमा रिलिज भएकेा बडीगार्ड १ अर्ब ४८ करोड भारतीय रुपैयाँ व्यापार गर्न सफल भयो । फिल्ममा सलमान खानका साथै बलिउडकी जिरो फिगर करिना कपुर, राज बब्बर, हेजल किच लगायतको मुख्य भूमिका छ ।

२. रेडी
सर्वाधिक कमाउनेको दोस्रो नम्बरमा पनि सलमान खानकै फिल्मले कब्जा जमायो । १ अर्ब २२ करोड भारतीय रुपैयाँ आम्दानी गर्न सफल जुन महिनामा रिलिज भएको फिल्म 'रेडी'ले वर्षको 'टप-टु' मा आफूलाई पार्‍यो । रेडीमा सलमान खानलाई असिनले साथ दिएकी छन् । अजय देवगन, संञ्जय दत्त तथा कंगना रानावतलाई पनि फिल्ममा देख्न सकिन्छ ।
३. रा-वन्
बलिउडको पहिलो सुपरहिरो फिल्म 'रा-वन'ले अपेक्षा गरे अनुसार बक्स अफिसमा कब्जा जमाउन नसकेपछि सन् २०११ मा बढी आम्दानी गर्ने तेस्रो फिल्म बन्यो । बलिउडका किङखान अर्थात् शाहरुख खानको अक्टोबरमा रिलिज
यो फिल्मले १ अर्ब १६ करोड भारु कमायो । शाहरुखका साथमा करिना कपुर र अर्जुन रामपालको मुख्य भूमिका रहेको 'रा-वन'मा रजनीकान्त, सञ्जय दत्त, पि्रयंका चोपडाले पनि अभियन गरेका छन् ।

४. सिंघम
धमाकेदार फाइटर हिरोका रूपमा अजय देवगनलाई प्रस्तुत गरिएको फिल्म 'सिंघम'ले बक्स अफिसमा १ अर्ब भारुको कारोबार गर्‍यो । ८० र ९० को दशकलाई झल्को दिने गरी 'हिरो जहिल्यै बलवान हुन्छ' भन्ने सन्देश दिने यो फिल्म सन् २०१० को सुपरहिट तमिल फिल्म सिंघमकै रिमेक हो । इमानदर पुलिस अफिसर अजय देवगनलाई यसमा काजल अग्रवालले साथ दिएकी छन् ।

५. जिन्दगी ना मिलेगी दोबारा
जिन्दगीलाई बेफिक्री जिउन उत्प्रेरित गर्ने सन्देश बोकेको 'जिन्दगी ना मिलेगी दोबारा'ले ८९ करोड भारु आम्दानी गरेर वर्षको अत्यधिक कमाई गर्ने पाँचौ फिल्ममा आफूलाई सूचीकृत गर्‍यो । युवापुस्तालाई केन्दि्रत गरेर बनाइएको यस फिल्ममा ऋतिक रोशन, फरहान अख्तर, अभय देवल, क्याटि्रना कैफ, कल्की लगायतको अभिनय रहेको छ ।

६. द डर्टी पिक्चर
फिल्म खेल्नका लागि 'जे पनि गर्न तयार' दक्षिण भारतीय नायिका सिल्क स्मिताको जीवन कथामा बनेको फिल्म 'द डर्टी पिक्चर'ले भने अपेक्षा गरेभन्दा बढी आम्दानी गर्‍यो । मसला फिल्म भएकाले उतिसारो बजार नलिन पनि सक्छ भन्ने विश्लेषकको भनाइलाई फ्लप पार्दै विद्या बालनको सेक्स अपिल अभिनय र नृत्यले बक्स अफिसमा ७१ करोड भारुको वषर्ा गरायो । विद्याका साथमा नसिरुदिन शाह, तुषार कपुर, इमरान हास्मी लगायतको अभिनय रहेको यो फिल्मको 'उ ला ला..उ ला ला..' गीत सुपर हिट नै बन्यो ।

७. रक स्टार
'दिल टुट्को व्यक्ति सफल कलाकार बन्न सक्छ' भन्ने सन्देश दिने गरी बनाइएको रणवीर कपुरको फिल्म 'रक स्टार' ले बक्स अफिसमा ७० करोड भारुको कारोबार गर्‍यो । तिब्बती झन्डालाई देखाइएको विषय र रणवीर-नगरिस फाखरीको चुम्बनका दृश्यहरूले रिलिजअघि नै विवादमा तानिए पनि 'रक स्टार'ले दर्शकको मन जितेर सुपरहिट बन्यो ।

८. देल्ली बेली
अश्लील संवाद, चुम्बनका दृश्यहरू, भद्दा इसारा र युवापुस्ताले घन्काउने म्युजिक लगायतलाई समेटिएको बलिउडकै 'नयाँ प्रयोग' भनिएको फिल्म 'देल्ली बेली' का लागि निर्माता आमिर खानले पहिले नै सेन्सरबोर्डसंग सटिफिर्केट मागेका थिए । नेपालमा भने केही दिन चलेपछि सेन्सरबोर्डले प्रदर्शनमा रोक लगायो र केही दृश्यहरू काटेर फेरि हलमा चलाउन दियो । आमिर खानको फिल्म भएकाले सुपरडुपर हिट हुने अपेक्षा गरिए पनि बक्स अफिसमा यसको व्यापार केवल ५७ करोड भारु मात्र रहयो ।

९. यमला पगला दिवाना
बलिउडका भेट्रान अभिनेता धर्मेन्द्र र उनका दुई पुत्र नायकहरू सन्नी देवल र बबी देवल अभिनित फिल्म 'यमल पगला दिवाना'ले ५६ करोडको व्यापार गर्‍यो । यी तीन बाबुछोरा अभिनीत यो पहिलो र एक मात्र फिल्म हो । ममता शर्माले गाएको यो फिल्मको आइटम नम्बर 'टिन्कु जिया..' ले वर्षभरि नै धुम मच्चायो ।

१०. तनु वेड्स मनु
कंगना रनावत र आर माधवनको फिल्म 'तनु वेड्स मनु'ले २३ करोड भारु कमायो । यो फिल्ममा 'केटा फेरिरहने' बिग्रेकी केटीको भूमिका निभाएकी कंगनाले यति राम्रो पर्फर्मेन्स दिइन् कि जुन कसैले पनि अपेक्षा गरेका थिएनन् ।

११. डन-टु
वर्षको अन्तिममा प्रदर्शन भएको बलिउडका किङ खान शाहरुखको फिल्म 'डन टु' -जसमा 'द किङ इज ब्याक' नारा राखिएको छ) ले गएको शुक्रबार रिलिजको पहिलो दिनमै १५ करोड भारुको व्यापार गर्‍यो । 'बडीगार्ड' कै हाराहारीमा व्यपार गर्ने अपेक्षा गरिए पनि पहिलो दिन बडीगार्ड -२१ करोड) ले जति नै कारोबार भने गर्न सकेन । यद्यपि यो फिल्मले बक्स अफिसमा पैसाको वषर्ा गराउने क्रम जारी रहेकाले कुल आम्दानी थाहा पाउन केही दिन पर्खनैपर्छ ।


प्रकाशित : पुस २३, २०६८ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?