कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ का ११ पृष्ठ

काठमाडौ — ँरक्सी खाँदै नखानु, खाए पनि अलि ठिक्क खानु तर प्रचण्डले जस्तो नखानु । प्रचण्ड त पानी पनि नहाली निट पिउँदा रहेछन् । शेरबहादुरले पनि त्यसरी रक्सी खाँदैनन् ।’ - एमाले वरिष्ठ नेता माधवकुमार नेपाल


-बुटवलमा कार्यकर्तालाई भेलामा अर्ती
दिंदै, १७ जुलाई)
ँकुनै दिन मैले तपाईंहरूलाई बिर्सें, भ्रष्टाचार गरेंं, तपाईंहरूविरुद्ध लागें भने मलाई कालो मोसो दलेर पठाउन सक्नुहुनेछ ।’ - बाबुराम भट्टराई
-प्रधानमन्त्री भएपछि गोरखावासीलाई धन्यवाद दिंदै, १६ अक्टोबर)   
ँहामी आफैंले आफ्नो म्याद तीनपटक थप्ने अनि अरूलाई म्याद सकियो भनेर विघटन गर्ने ?’ - शेरबहादुर देउवा कांग्रेस वरिष्ठ नेता -सभापति सुशील कोइरालाले भ्रातृ संगठन विघटन गरेकोप्रति असहमति जनाउँदै, २४ नोभेम्बर)
ँजुन जोगी आए पनि कानै चिरिएका भनेझैं यो सरकार पनि हिजोको जस्तै कठपुतली हो ।’ - -नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे -झलनाथ खनाल नेतृत्वको सरकारलाई गाली गर्दै, २३ अपि्रल)
ँतपाईंले शिखर चढ्नुभयो, हाम्रा दलहरू आफैंले गरेका पाँचबुँदे सहमतिको बेसक्याम्प पनि पुग्न सकेका छैनन् ।’ - -संविधानसभा अध्यक्ष सुवास नेम्वाङ -आरोही मिङ्मा शेर्पाको सम्मान कार्यक्रममा, ९ जुलाई)

ँतीन वर्षभित्र डेढ खर्बभन्दा बढी रुपैयाँ संविधानका नाममा खर्च भइसक्दा पनि जनतालाई संविधान बनाएर नदिनु नेतृत्व तहको लापरबाही हो ।’ - -संवैधानिक समितिका सभापति निलाम्बर आचार्य, ५ जुन)
ँ२५ नम्बरको एउटै प्रश्न पनि हल नगर्ने तर एक/एक नम्बरका पाँच प्रश्नको हल गरेर पास हुन्छु भनेजस्तै भएको छ ।’ - सर्वोच्चका न्यायाधीस अदालत कल्याण श्रेष्ठ -संविधान सभाले नयाँ संविधानको ८० प्रतिशत काम सकेको दावीप्रति टिप्पणी गर्दै, ६ मार्च)
ँलोकल कुखुरा पाल्न छोडेर लखनउको ब्रोइलर कुखुरा किनेर सुत्केरी खुवाउने भयौं हामी ।’ - -राष्ट्रिय योजना आयोगका निमित्त उपाध्यक्ष दिनेशचन्द्र देवकोटा, ११ सेप्टेम्बर)
ँहामी पनि बिहारभन्दा चाँडो गतिमा विकास चुम्न सक्छौं र देशलाई चीन-भारतको जस्तै अवस्थामा पुर्‍याउन सक्छौं ।’ - -उद्योगपति विनोद चौधरी, २० फेब्रुअरी)
ँतीनजना अध्यक्ष गजधुम्म परेर बस्छन् अनि कसरी सहमति हुन्छ ? आफ्नो विचार राख्न त प्वाकप्वाकी बोल्नुपर्‍यो नि ।’
- -एमाले नेता केपी ओली, २८ जनवरी)
ँझन्ड्याऊन् वा गोली ठोकुन्, नेपालमै बस्छु, यहीं मर्छु१’
-    पूर्वसेनापति रुक्माङ्गद कटवाल, २५ डिसेम्बर
 

प्रकाशित : पुस २३, २०६८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?