रुसी सेनामा भर्ती भएका नेपालीको परिवार अमरण अनशनमा बसेको आज ११ औं दिन
रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले करार पत्रको रद्दसहितको १३ बुँदे माग राखेर सुरु गरेको आमरण अनशन सोमबार ११ औं दिनमा पुगेको छ ।
रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले करार पत्रको रद्दसहितको १३ बुँदे माग राखेर सुरु गरेको आमरण अनशन सोमबार ११ औं दिनमा पुगेको छ ।
किरात धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने भनिएको माङ्सेबुङ गाउँपालिकामा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू सबैभन्दा बढी मत ल्याएका छन् । माङ्सेबुङका ६ वटै वडाको मत गणना भइसकेको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार स्थिर रहेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से सोमबार ०.०७ अंकले सकारात्मक अवस्थामा बन्द भएको हो । यो सँगै नेप्से १ हजार ९ सय ८०.३४ अंकमा बन्द भएको छ ।
सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।
तानसेन नगरपालिका–५, कैलाशनगर पाल्पाकी अनिता खाती क्षेत्रीले दर्जनौं देशमा आयोजित ‘फेसन शो’ मा भाग लिइसकेकी छन् । ती शोहरूमा नेपाली मौलिकता र संस्कृति प्रयास गर्छिन् । उनले हालै क्यानभासमा हातले पेन्ट गरेको पोसाकमा नेपाली झन्डासँगै काठमाडौंको धरहरा, पाल्पाको रानीमहल र पाल्पाली ढाका अटाएकी छन् । ‘लिगेसी टु टेक प्राइड’ शीर्षकमा तयार पारिएको पोसाक पाल्पा दरबारमा डमीका रूपमा राखिएको छ ।
बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् ।
सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् ।
खास गरी अर्थशास्त्र र व्यवस्थापन विषय लिएर पढ्नेका लागि नेपाल राष्ट्र बैंकको जागिर ‘ड्रिम जब’ नै मानिन्छ । धेरैले कडा मिहिनेत र निरन्तरको प्रयासपछि मात्र यो अवसर प्राप्त गर्छन् । यस्तैमध्येका एक हुन्, रवि ढुंगेल । जीवनको गन्तव्य राष्ट्र बैंक बनाएका उनले त्यहाँसम्म पुग्न कडै मिहिनेत गर्नु पर्यो । पाँच वर्ष नेपाल बैंकको अधिकृत भएर काम गरे ।
सरकारले भोकमरी जोखिम भएका घरपरिवारलाई खाद्य सहायता परिचयपत्र दिने तयारी थालेको छ । भोकमरी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी यस्तो तयारी थालेको हो । यसका लागि ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली ०८०’ जारी गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन-२०२४ भव्य रुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए ।