कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

सन् २०२१ आजकै दिन : महिला निर्देशकलाई अस्कर

काठमाडौँ — सन् २०२१ मा आजकै दिन (अप्रिल २५) मा चिनियाँ निर्देशक क्लोइ झाओले उत्कृष्ट निर्देशनतर्फ अस्कर अवार्ड जितेकी थिइन् । उनी अस्कर अवार्ड जित्ने पहिलो गैरश्वेत तथा दोस्रो महिला निर्देशक हुन् । 

सन् २०२१ आजकै दिन : महिला निर्देशकलाई अस्कर

क्लोइको लेखन, निर्देशन तथा सम्पादनमा बनेको ‘नोम्याडल्यान्ड (२०२०)’ ले ९३ औं अस्करमा तीन विधामा अवार्ड जितेको थियो । फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री गरी थियो । सीमान्तकृत अमेरिकी नागरिकको जीवन र संघर्षमा आधारित फिल्म ६ विधामा अवार्डका लागि मनोनयनमा परेको थियो ।

‘नोम्याडल्यान्ड’ ले ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि उत्कृष्ट फिल्मसहित निर्देशक, मुख्य अभिनेत्री र सिनेमाटोग्राफीको अवार्ड जितेको थियो । अस्करमा उत्कृष्ट निर्देशकको अवार्ड जित्ने पहिलो महिला क्याथरिन बिगेलो हुन् । उनले २०१० मा ‘द हार्ट लकर’का लागि अवार्ड हात पारेकी थिइन् ।

प्रकाशित : वैशाख १३, २०८१ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?