स्कुटर दुर्घटनामा परी पत्रकार राई गम्भीर घाइते

काठमाडौँ — स्कुटर दुर्घटनामा परी पत्रकार नवीन राई गम्भीर घाइते भएका छन् । गम्भीर घाइते राईलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो ।

स्कुटर दुर्घटनामा परी पत्रकार राई गम्भीर घाइते

प्रहरी वृत्त, दरबारमार्गका डीएसपी गोविन्द थापाका अनुसार राई सवार स्कुटर शनिबार बिहान ४ बजेतिर कमलादीमा दुर्घटनामा परेको हो । स्कुटरको पछाडि बसेका उनी सडकमा खस्दा टाउकोमा गम्भीर चोट लागेको थियो । ट्रमा सेन्टरले थप उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल रिफर गरिदिएको थियो ।

केएमसीमा शनिबार नै उनको टाउकोको शल्यक्रिया गरिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । दुर्घटनापछि सामान्य घाइते भएका स्कुटर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

राई हाल नेपाल प्रेस डटकममा कार्यरत छन् । कविसमेत रहेका उनी विशेषतः कला, साहित्य क्षेत्रका समाचार लेख्ने गर्छन् ।

प्रकाशित : वैशाख १६, २०८१ ०५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?