२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

कर्णालीमा मिस नेपालको अडिसन बुधबार हुने

सुर्खेत — मिस नेपालको आगामी संस्करणका लागि बुधबार वीरेन्द्रनगरमा अडिसन हुने भएको छ । नेपालभरिका सुन्दरीहरु सहभागी गराउने गरी कर्णाली प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न लागिएको आयोजक द हिडन ट्रेजरले जनाएको छ । 

कर्णालीमा मिस नेपालको अडिसन बुधबार हुने

आयोजकका अनुसार अन्तिम अडिसनमा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले सुर्खेतमा अडिसन गर्न लागिएको हो ।

मिस नेपाल–२०२३ श्रीच्छा प्रधानले अडिसनका लागि सहभागीका लागि मंगलबार अभिमुखीकरणको आयोजना गरिएको बताइन् ।

उनले आफैंले आफैंलाई विश्वास गर्न सके उपाधि धेरै टाढा नभएको बताइन् । ‘यो नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतियोगिता हो,’ उनले भनिन्, ‘जसका लागि बलियो आत्मविश्वास र खुला हृदय चाहिन्छ ।’ उनकाअनुसार नेपालगन्जमा सोमबार अडिसन भयो भने अब बिरगन्ज, विर्तामोड, इटहरी, भैरहवा र काठमाडौंमा अडिसन हुनेछ । बिस्तारै ‘ग्ल्यामरस’ क्षेत्र नेपाली समाजले बुझ्दै गएको उनको भनाइ छ ।

मिस सुपरनेसनल नेपाल-२०२० सिमल कनौजियाले पोल्यान्डमा आयोजना गरिएको विश्व सुपरनेसनल पेजेन्टमा सहभागी हुँदाको अनुभव सुनाइन् । उनले कर्णाली चिनाउन पनि सुर्खेतमा अडिसन आयोजना गरिएको बताइन् । ‘महिलालाई स्ट्रेन्थ बनाउन पनि यो प्लाटफर्म महत्वपूर्ण छ,’ उनले भनिन्, ‘आफूमा क्षमता छ भन्ने आत्मविश्वास भए जुनसुकै परिक्षामा उत्कृष्ट भइन्छ ।’ उनले यहाँका युवतीले आफ्नो इच्छालाई प्रष्फुटन गर्न सके आगामी मिस नेपाल कर्णालीले पाउनसक्ने बताइन् ।

मिस नेपालका सहभागीले प्रशिक्षणमा सिकेका कुरा लागू गर्न सके समाज परिवर्तन गर्नसक्ने क्षेत्रीय संयोजक एवं कोरियोग्राफर केशव थापाले बताए ।

‘यो प्रतियोगिता ट्यालेन्सी, एक्पोजर र शिक्षा प्रस्तुत गर्ने इभेन्ट मात्र होइन,’ उनले भने , ‘यसले जस्तोसुकै अप्ठ्यारोलाई पनि ट्याकल गर्नसक्ने क्षमता प्रदान गर्छ ।’

कर्णालीको सांस्कृतिक विविधता र पर्यटकीय विकासका लागि पनि यो इभेन्ट जरुरी रहेको उनको भनाइ छ । मापदण्ड पुगेका इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार इच्छुकले मिस नेपालको वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित : वैशाख ११, २०८१ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?