कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

सन् १९७२ मा आजकै दिन : घानाका प्रथम राष्ट्रपतिको निधन

काठमाडौँ — सन् १९७२ मा आजकै दिन (अप्रिल २७) मा घानाका प्रथम राष्ट्रपति क्वामे एन्क्रुमाहको निधन भएको थियो । उनको क्यान्सरको उपचारका क्रममा रोमानियाको बुखारेस्टमा निधन भएको थियो । 

सन् १९७२ मा आजकै दिन : घानाका प्रथम राष्ट्रपतिको निधन

१९०९ सेप्टेम्बर २१ मा जन्मिएका क्वामे घानाका राजनीतिज्ञका साथै राजनीतिक सिद्धान्तकार तथा क्रान्तिकारी हुन् । असंलग्न आन्दोलन र अर्गनाइजेसन अफ अफ्रिकन युनिटीका संस्थापक क्वामे सोभियत युनियनको लेनिन शान्ति पुरस्कार विजेतासमेत हुन् ।

क्वामे १९५२ देखि १९५७ सम्म गोल्ड क्वेस्ट (हाल घाना) को प्रधानमन्त्री बनेका थिए । बेलायतबाट घाना स्वतन्त्र भएसँगै १९५७ मार्च ६ मा प्रधानमन्त्री बनेका क्वामे १९६० जुलाई १ सम्म पदमा थिए । त्यसपछि उनी १९६० जुलाई १ मा घानाको प्रथम राष्ट्रपति बनेका थिए । क्वामे १९६६ फेब्रुअरी २४ मा ‘कु’ मार्फत अपदस्थ हुनुअघिसम्म घानाको राष्ट्रपति थिए । उनी चीन भ्रमणमा रहेका बेला घानाको सेना र प्रहरीले सत्ता कब्जा गरेको थियो । त्यसपछि पश्चिम अफ्रिका फर्केका उनले गिनीमा निर्वासित जीवन बिताएका थिए ।

प्रकाशित : वैशाख १५, २०८१ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?