२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

आर्सनलमाथि सिटीको चर्को दबाब

काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार नटिङघम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधि होडमा आर्सनलमाथि चर्को दबाब कायम राखेको छ । डिफेन्डिङ च्याम्पियनको जितमा जोस्को ग्वारडिओल र इर्लिङ हालान्डले गोल गरे ।

आर्सनलमाथि सिटीको चर्को दबाब

आर्सनलले त्यसअगाडि टोटनहमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो । यो नतिजापछि आर्सनले ३५ खेलबाट ८० अंकमा शीर्षमा रहेको छ । तर सिटीले एक खेल कम खेलेको छ र ७९ अंकसहित दोस्रोमा छ ।

आइतबारको अर्को खेलमा बर्नमाउथले ब्राइटनलाई ३–० ले हरायो र ४८ अंकमा दसौं स्थानमा उक्लिन सफल रह्यो ।

प्रकाशित : वैशाख १७, २०८१ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?