कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

नेप्से स्थिर, झण्डै ३ अर्बको सेयर कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार स्थिर रहेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से सोमबार ०.०७ अंकले सकारात्मक अवस्थामा बन्द भएको हो । यो सँगै नेप्से १ हजार ९ सय ८०.३४ अंकमा बन्द भएको छ ।

नेप्से स्थिर, झण्डै ३ अर्बको सेयर कारोबार

सो दिन कारोबारमा आएकामध्ये ९९ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय २८ वटाको घट्यो र बाँकी १७ वटाको सेयर मूल्य स्थिर रहयो ।

उक्त दिन ४६ हजार ५ सय ११ पटकको कारोबारबाट ७३ लाख ४१ हजार १ सय ७७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब २ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । आइतबार ४८ हजार १ सय ८३ वटा कारोबारबाट ६८ लाख ७८ हजार १ सय ५९ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : वैशाख १७, २०८१ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?