इलाम २ को मतगणना आइतबार बिहानबाट
उपनिर्वाचनअन्तर्गत इलाम २ को मतगणना आइतबार बिहानबाट मात्रै सुरु गरिने जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
उपनिर्वाचनअन्तर्गत इलाम २ को मतगणना आइतबार बिहानबाट मात्रै सुरु गरिने जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
शिलान्यास भएको एक वर्षपछि प्रदेश सरुवा रोग अस्पताल निर्माणका लागि बल्ल वन क्षेत्र प्रवेशको अनुमति मिलेको छ । पूर्वपश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–५ चन्द्रौटामा वनको जग्गा सट्टा भर्ना वापत मूल्यांकन भई तिर्नुपर्ने रकम दुई करोड ९२ लाख ७७ हजार रुपैयाँ जोहो गर्न नसक्दा सरुवा रोग अस्पताल निर्माण योजना अलपत्र परेको थियो ।
शनिवार नेपाल र वेस्ट इन्डिजको खेल हेर्न काठमाडौंको कीर्तिपुर मैदानमा दर्शकको खचाखच उपस्थिति रह्यो । क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन मात्रै सुधारिएको छैन, नेपाली दर्शक पनि बढेका छन् । शनिवारको खेलमा नेपाली टीमका कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गर्यो ।
रौतहटको कटहरिया नगरपालिकाबाट प्रहरीले शनिबार लागूऔषध गाँजासहित दम्पतीलाई पक्राउ गरेको छ ।
विभागीय टोली आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा कुल १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार २ सय ८७ जना मतदानमा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनमा भने ४९.१२ प्रतिशत मतदान भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई जन्मकैदको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
धनकुटामा तीन वटा आगलागीका घटनामा लाखौंको क्षति पुगेको छ । घटनामा एक घरमा आगो लाग्दा त्यहाँ सञ्चालन गरिएका होटल तथा पसलमा क्षति पुगको छ । यस्तै दुई वटा सामुदायिक वनमा डढेलो लाग्दा महत्वपूर्ण वनसम्पदा तथा खानेपानीको पाइपमा क्षति पुगेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गरेका छन् ।
ढुंगाले छाएका पुराना मौलिक घरहरु । केहीलाई सिसा र सिमेन्ट कम तथा ढुंगा र काठ बढी प्रयोग गरी पुरानै शैलीमा बनाइएका छन् । आँगन र बाटामा ढुंगाकै छपनी । गुचुमुच्च परेका मनमोहक अनि लोभलाग्दा छन् । विदेशी र स्वदेशी पर्यटकहरु गाउँ प्रवेश गरिरहँदा फूलबुट्टे टिसर्टमाथि रातो स्वेटर, मजेत्रो, लुंगी साथै नौगेडी माला लगाएर एउटै पोशाकमा उभिँदै आमाहरु पर्यटकलाई अविर टीका र फूलका गुच्छाले स्वागत गर्छन् । पर्यटक र गाउँलेको मुहार हँसिलो देखिन्छ ।
सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।