कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सरकारले लगानी सम्मेलनमार्फत् राष्ट्रिय पुँजीलाई उत्पादनमा जोड्न चाहेको छ : मन्त्री भण्डारी

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनसँग जोड्न चाहेको बताएका छन् । लगानी सम्मेलनको सम्मुखमा उनले राष्ट्रिय पुँजीलाई उत्पादन र उद्यमशीलतामा जोड्ने गरी अघि बढाउन सरकार क्रियाशील रहेको बताए ।

सरकारले लगानी सम्मेलनमार्फत् राष्ट्रिय पुँजीलाई उत्पादनमा जोड्न चाहेको छ : मन्त्री भण्डारी

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि सोही कुरामा केन्द्रित रहेर आउने दाबी गरे ।

मन्त्री भण्डारीले सरकारले जनतामा विद्यामान निराशालाई चिरेर अघि बढ्ने गरी न्युनतम साझा नीतिगत प्राथमिकता र संकल्प अघि सारेको पनि दोहोर्‍याए । उनले सरकारले तयार पारेको नीतिगत प्राथमिकता र संकल्पको आधारमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आउने बताए ।

‘हामी सरकारमा छौं । सरकारमा रहेर निर्वाह गर्नुपर्ने भुमिका समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा जो हाम्रो गन्तव्य हो । आजको चुनौती संविधान कार्यान्वयन भएका झन्डै एक दशकको आसपासमा हामी संविधान जारी गर्‍यौँ। तर पनि आशा र निराशाको बीचमा राष्ट्रिय राजनीति रुमलिइरहेको छ । त्यो निराशालाई चिर्दै आशाबाट हामीले राष्ट्रिय राजनीतिलाई ड्राइभ गर्नुपर्नेछ,' उनले भने, 'त्यो काममा वर्तमान सरकार क्रियाशील रहेको छ । र, सरकारको न्युनतम साझा नीति र नीतिगत प्राथमिकताले यी कुराहरुलाई सम्बोधन गरेको छ । यतिखेर सरकारले हामी लगानी सम्मेलनमार्फत आज वाह्य पुँजी र राष्ट्रिय पुँजीलाई हामीले उत्पादनसँग जोड्नुपर्ने, व्यवसायसँग जोड्नुपर्ने, उद्यमशीलतासँग जोड्नुपर्ने आजको आवश्यकता छ ।'

मन्त्री भण्डारीले वर्तमान सरकारले नीतिगत आधारित बजेटको व्यवस्था गर्ने बताए ।

प्रकाशित : वैशाख १५, २०८१ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?