कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

धनकुटाका विभिन्न ठाउँमा आगलागी, लाखौं बराबरको धनमाल क्षति 

खानेपानी आयोजना प्रभावित

धनकुटा — धनकुटामा तीन वटा आगलागीका घटनामा लाखौंको क्षति पुगेको छ । घटनामा एक घरमा आगो लाग्दा त्यहाँ सञ्चालन गरिएका होटल तथा पसलमा क्षति पुगको छ । यस्तै दुई वटा सामुदायिक वनमा डढेलो लाग्दा महत्वपूर्ण वनसम्पदा तथा खानेपानीको पाइपमा क्षति पुगेको छ । 

धनकुटाका विभिन्न ठाउँमा आगलागी, लाखौं बराबरको धनमाल क्षति 

धनकुटाको पाख्रिबास नगरपालिका ४ मा भएको आगलागीबाट घटनामा होटल तथा पसलमा क्षति पुगेको छ । स्थानीय मिरा कार्की बस्नेतको घर पूर्णरुपमा क्षति भएको छ । उक्त घरमा भोजपुरको अरुण गाउँपालिका ७ का लिलाहाङ राईले सञ्चालन गर्दै आएको होटल तथा रोशनी श्रेष्ठको किराना पसलका सम्पूर्ण सामान जलेर क्षति भएको जिल्ला प्रहरी प्रमुख श्यामसिं चौधरीले बताए ।

घटनामा करिब १० लाख बराबरको क्षति पुगेको छ । होटल सञ्चालक राईले तरकारी पकाउने क्रममा कराईको तेलबाट आगो सल्किएको जनाइएको छ । धनकुटा नगरपालिकाको दुई वटा दमकलसहित सेना, प्रहरी तथा स्थानीयवासीको मद्दतबाट आगो नियन्त्रणमा आएको थियो ।

यस्तै, धनकुटा ३ स्थित वडहरे सामुदायिक वनमा शनिबार डढेलोले क्षति पुर्‍याएको छ । शनिबार बिहान ९ बजेतिर लागेको डढेलो निभाउन भीमदल गण सल्लेरी ब्यारेकबाट १५, सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्मबाट १० र नेपाल प्रहरीका ११ सहित उल्लेख्य संख्यामा स्थानीयवासी खटिएका थिए । दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

चौबिसे गाउँपालिका-२ स्थित जंगा सामुदायिक वनमा लागेको डढेलोले खानेपानी आयोजनाको पाइपमा क्षति पुर्‍याएको छ । स्थानीय नम्खुवा खोला तीन दोभाने सिंचाई आयोजनाको १ सय ८० मीटर पाइपमा क्षति पुग्दा खानेपानी वितरण प्रभावित बनेको जनाइएको छ । घटनामा करिब एक लाख २० हजार बराबरको क्षति पुगेको प्रहरीको भनाइ छ ।

प्रकाशित : वैशाख १५, २०८१ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?