कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

बझाङमा भालुको आक्रमणबाट बाबुछोरी घाइते 

बझाङ — थलारा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा थलारा–८ का ६० वर्षीय मदनराज जोशी र १३ वर्षीया देवशरा जोशी रहेका छन् । उनीहरु बाबुछोरी हुन् । 

बझाङमा भालुको आक्रमणबाट बाबुछोरी घाइते 

घर नजिकै राखिएको मौरी घार हेर्न गएका बेला उनीहरुलाई शनिबार भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । भालुको आक्रमणबाट उनीहरुको अनुहार, टाउको, शरीर र हातमा गहिरो चोट लागेको थलारा गाउँपालिकाका एम्बुलेन्स चालक सुगम खड्काले बताए । घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

खप्तड राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्रमा पर्ने थलारामा भालु देखिने गरेको छ । भालुले आक्रमण गरेपछि त्यस क्षेत्रका स्थानीयहरुसमेत त्रसित हुन थालेका छन् ।

प्रकाशित : वैशाख १५, २०८१ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?