कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

ग्वार्कोको डान्सबारबाट १३ जना जुवाडे पक्राउ

ललितपुर — प्रहरीले ललितपुर महानगरपालिका– ८ ग्वार्कोको नन-स्टप डान्सबारबाट जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ ।

ग्वार्कोको डान्सबारबाट १३ जना जुवाडे पक्राउ

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भई इमाडोल बस्ने उक्त डान्सबार सञ्चालक विशु तामाङ, मकवानपुर घर भई बागडोल बस्ने सोमनाथ गोले, पाटन च्यासल टोलका पुष्प खड्की, दोलखा घर भई भैंसेपाटी बस्ने कल्याण तामाङ, महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरका सुरेन्द्र महर्जन, सिन्धुपाल्चोक घर भई टिकाथली बस्ने विशाल तामाङ रहेका छन् ।

त्यस्तै काभ्रेपलाञ्चोक घर भई महालक्ष्मीस्थान बस्ने कृष्ण लामा, भोजपुर घर भई काठमाडौं जडिबुटी बस्ने सन्तोष श्रेष्ठ, पाटन ओकुबहालका दिलन शाक्य, भक्तपुरका दिलन शिद्धार्थ लामा, उदयपुर घर भई भक्तपुर सल्लाघारी बस्ने सुरेन श्रेष्ठ छन् ।

पक्राउ पर्नेमा मकवानपुर घर भई बागडोल बस्ने तुलसा कार्की, चितवन घर भई बागडोल बस्ने शान्ती तामाङ छन् । उनीहरुलाई गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध महाशाखाको संयुक्त टोलीले उक्त डान्सबार भवनको पाँचौं तलामा बाहिरबाट च्यानल गेटमा ताल्चा लगाई खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेलाई जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट ४ लाख ३७ हजार ९ सय रुपैयाँ र कौडा १९ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १३, २०८१ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?