रुसी सेनामा भर्ती भएका नेपालीको परिवार अमरण अनशनमा बसेको आज ११ औं दिन
रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले करार पत्रको रद्दसहितको १३ बुँदे माग राखेर सुरु गरेको आमरण अनशन सोमबार ११ औं दिनमा पुगेको छ ।
रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले करार पत्रको रद्दसहितको १३ बुँदे माग राखेर सुरु गरेको आमरण अनशन सोमबार ११ औं दिनमा पुगेको छ ।
किरात धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने भनिएको माङ्सेबुङ गाउँपालिकामा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू सबैभन्दा बढी मत ल्याएका छन् । माङ्सेबुङका ६ वटै वडाको मत गणना भइसकेको छ ।
स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएको विषय सर्वोच्च अदालत पुगेको छ । सर्वोच्चले ‘सो–मोटो’ (स्वतः संज्ञान) लिएर आइतबार मुद्दा दायर गरेको छ । जानाजान झूटा सामग्री उत्पादन तथा प्रसारण गरेकाले हदैसम्मको कारबाही गर्न र फौजदारी कसुरमा समेत अनुसन्धान गराउन माग गरिएको छ । मुद्दाको सुनुवाइ सोमबार हुँदै छ ।
तानसेन नगरपालिका–५, कैलाशनगर पाल्पाकी अनिता खाती क्षेत्रीले दर्जनौं देशमा आयोजित ‘फेसन शो’ मा भाग लिइसकेकी छन् । ती शोहरूमा नेपाली मौलिकता र संस्कृति प्रयास गर्छिन् । उनले हालै क्यानभासमा हातले पेन्ट गरेको पोसाकमा नेपाली झन्डासँगै काठमाडौंको धरहरा, पाल्पाको रानीमहल र पाल्पाली ढाका अटाएकी छन् । ‘लिगेसी टु टेक प्राइड’ शीर्षकमा तयार पारिएको पोसाक पाल्पा दरबारमा डमीका रूपमा राखिएको छ ।
खास गरी अर्थशास्त्र र व्यवस्थापन विषय लिएर पढ्नेका लागि राष्ट्र बैंकको जागिर ‘ड्रिम जब’ नै मानिन्छ । धेरैले कडा मिहिनेत र निरन्तरको प्रयासपछि मात्र यो अवसर प्राप्त गर्छन् । यस्तैमध्येका एक हुन्, रवि ढुंगेल । जीवनको गन्तव्य राष्ट्र बैंक बनाएका उनले त्यहाँसम्म पुग्न कडै मिहिनेत गर्नु पर्यो । पाँच वर्ष नेपाल बैंकको अधिकृत भएर काम गरे ।
आउँदो भदौमा गरिनुपर्ने एनसेलको अनुमतिपत्र नवीकरणका लागि सरकारले सर्त अघि सारेको छ । गत फागुन ६ मा नै माइन्युट गरी शुक्रबार सार्वजनिक निर्णयमा पाँच वर्षपछि एनसेलको स्वामित्वमा रहेका सम्पूर्ण जायजेथा सरकार मातहत आउने सुनिश्चितता गरे मात्रै मोबाइल सेवाको अनुमतिपत्र नवीकरण गर्न सकिने उल्लेख छ ।
सरकारले भोकमरी जोखिम भएका घरपरिवारलाई खाद्य सहायता परिचयपत्र दिने तयारी थालेको छ । भोकमरी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी यस्तो तयारी थालेको हो । यसका लागि ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली ०८०’ जारी गरेको छ ।
सूचना प्रविधिको युगमा ‘एआई’ भन्नेबित्तिकै जोसुकैलाई लाग्छ, कृत्रिम बौद्धिकता । तर बत्तीसपुतलीस्थित शिल्पी थियटरमा एक्रो थियटर अभ्यास प्रस्तुतिमा भने विद्यार्थीहरूले यसको फरक अर्थ निकालेका छन् । नाटकको शीर्षकमा उल्लेख ‘ए’ ले एनमिल (जनावर) र ‘आई’ ले इम्याजिनेसन (कल्पना) बुझाउँछ । खासमा ‘एआई’ नाटकमा अभिनय गर्ने कलाकारले दर्शकलाई समेत जनावरको कल्पनामा पुर्याउँछन् ।