बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेदेखि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।