गैंडाकोटमा आगलागीबाट घरगोठ जले
नवलपरासी पूर्व — गैंडाकोट नगरपालिका वडा नम्बर-३ ढोडेनीस्थित वडा कार्यालयनजिक गएराति एक घर र गोठमा आगलागीमा जलेर नष्ट भएको छ । वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर नष्ट भएको हो ।
तिवारीका अनुसार सबैले चाडै तदारुकता देखाएर आगो नियन्त्रणमा लिइएका कारण सिंगै गाउँमा आगो फैलिन सकेन । गएराति करिब सवा २ बजेको समयमा आगो लागेको थियो । स्थानीय , प्रहरी र दमकलको सहयोगले अहिले बिहान साढे ५ बजे आगो निभाइएको हो ।
आगलागीबाट सुनारीको काठको दुई तले घर र सम्पूर्ण सामग्री जलेको प्रहरीले जनायो । पूर्वी नवलपरासीको २१ हजार हेक्ट भन्दा धेरै जंगल क्षेत्रफलमा डढेलो फैलिएको छ ।
प्रकाशित : वैशाख १६, २०८१ ०९:२२प्रतिक्रिया