निर्वाचन आयोगले इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना शनिबार राति ११ बजेदेखि सुरु गर्ने तयारी भइरहेको जानकारी दिएको छ । त्यस्तै, बझाङको प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना भने आइतबारमात्रै सुरु हुने आयोगले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताएका छन् । शनिवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच शनिबार यहाँ आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ ।
डढेलोबाट सल्किएको आगोले ६ घर जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित सल्लेपोखरी पाखा सामुदायिक वनबाट सल्किएको आगोले स्थानीय मदनकुमार थापा, खगेन्द्र विश्वकर्मा, गोपालबहादुर थापा, इन्द्रबहादुर थापा, झनबहादुर थापा र भेषबहादुर रानाको घर जलेर नष्ट भएको हो ।
विश्वव्यापी आर्थिक मन्दी र बजारबाट उधारो रकम असुली नहुँदा उद्योग व्यवसाय चौपट भएको भन्दै कोशी प्रदेशका उद्योगी व्यवसायीले सरकार समक्ष उधारो कारोबार नियमनका लागि कानून निर्माण गर्न माग गरेका छन् । त्यसका लागि उद्योग संगठन मोरङको अगुवाईमा मोरङ उद्योग व्यापार संघ सहित कोशी प्रदेशका जिल्ला र नगरस्तरीय डेढ दर्जन उद्योग वाणिज्य संघले ऐक्यबद्धता जनाएका छन् ।
बराहपोखरीका अग्निपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । वैशाख १२ गते विभिन्न सामुदायिक वनबाट सल्किएको डढेलोले घर जलेर विस्थापित ९ परिवारलाई राहत वितरण गरेको हो ।
वराहपोखरी गाउँपालिकामा डढेलो गाउँ पस्दा १२ घर जलेर नष्ट भएको छ । उक्त पालिकाको वडा नं १ स्थित ढुसेनी, डाँडाखर्क, रक्तमाला सामुदायिक वनमा लागेको गाउँ पस्दा १२ वटाघर जलेर नष्ट भएको हो ।
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह जबरजस्ती करणी मुद्दामा फरार भएका छन् ।जनकपुर–९ स्थित सरकारी निवासमा मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमतीलाई रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको भन्दै उपसचिव साहबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।
विद्युत अभावमा देशकै ठूलो पर्सा–बारा औद्योगिक करिडोर संकटमा रहेको बेला भारतबाट जम्मा १ सय ५० मेगावाट विद्युत आयात भइरहेको छ । १ सय ३२ केभीए रक्सौल–परवानीपुर प्रशारण लाइनबाट हाल दैनिक १ सय २० देखि १ सय ५० मेगावाट मात्र बिद्युत प्राप्त भइरहेको विद्युत प्राधिकरण लोड डिस्प्याच सेन्टर कलंकी श्रोतले जनाएको छ ।
वीरगन्जमा बिहीबार तीव्र गतिमा चलाइएको २ मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु र ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२५ का २५ वर्षीय अर्जुन पटेल छन् । घाइते ३ मध्ये २ नाबालक छन् ।
भरतपुर महानगरपालिका–१ रामनगरमा नेपालका पहिलो सहिद लखन थापाको शालिक निर्माण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा भरतपुरकी मेयर रेनु दाहालले शालिक अनावरण गरेकी छन् । लखन पार्क व्यवस्थापन समितिका सक्रियतामा शालिक निर्माण भएको हो ।
जापानी नागरिकहरूको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको पर्यटकीय बस्ती इन्द्रावती गाउँपालिकामा सामुदायिक भवन निर्माण गरिएको छ । पालिकाको वडा नम्बर १० स्थित स्थानीय बुढीचौरमा सबै १२ वटा वडाका समुदायले प्रयोग गर्नेगरी जापानी संस्था 'ज्याफ्स'ले भवन निर्माण गरेको हो ।
जापानको ओकायामामा कार्यरत नेपालीहरुले चितवनको पहाडी गाउँ राप्ती नगरपालिका–१३ लोथर कान्दाको कान्देश्वरी आधारभूत विद्यालयमा पढ्ने विदार्थीका लागि खाद्यन्न सहयोग गरेका छन् ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना अर्न्तगतको बेनी–गलश्वेर ३ किलोमिटर खण्डमा गरिएको कालोपत्रे सडकमा ‘विटुमिन ब्लिडिङ’ हुँदा दुर्घटनाको जोखिम बढेको छ । गत मंसिरको चिसो मौषममा सडक कालोपत्रे गर्दा विटुमिन (अलकत्रा)को मात्रा बढी बिच्छाएकोले अहिले तापक्रम बढेसँगै विटुमिन उम्लेने (रोड ब्लिडिङ)समस्या हुने समस्या आएको हो ।
गोरखा–आवुखैरेनी सडक खण्डअन्तर्गत गोरखा नगरपालिका–११ चौधकिलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, ताङ्लीचोकमा भूगोलविद् डा. हर्क गुरुङको सालिक निर्माण गरिएको छ । डा. हर्क गुरुङ प्रतिष्ठानले उनको समाधीस्थलसँगै अर्धकदको सालिक निर्माण गरेको हो ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, बाहुनडाँडामा प्रहरी चौकी भवन निर्माण गरिएको छ । ३ करोड १० लाख ४९ हजार ६ सय ७८ रुपैयाँ ३२ पैसामा प्रहरी चौकीको भवन निर्माण गरिएको लमजुङ प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेले बताए ।
कास्की प्रहरीले पोखराको लेकसाइडबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीवार पोखरा महानगरपालिका–१८ सराङकोटका ३९ वर्षीय राजु नेकेट भन्ने नरबहादुर विकलाई पक्राउ गरेको हो ।
शिलान्यास भएको एक वर्षपछि प्रदेश सरुवा रोग अस्पताल निर्माणका लागि बल्ल वन क्षेत्र प्रवेशको अनुमति मिलेको छ । पूर्वपश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–५ चन्द्रौटामा वनको जग्गा सट्टा भर्ना वापत मूल्यांकन भई तिर्नुपर्ने रकम दुई करोड ९२ लाख ७७ हजार रुपैयाँ जोहो गर्न नसक्दा सरुवा रोग अस्पताल निर्माण योजना अलपत्र परेको थियो ।
गन्धर्व जातिको पुख्यौली सारंगी बजाउने पेशालाई आधुनिकीरण र व्यवसायीकरण गर्न क्षमता विकास तालिम दिइएको छ । पर्यटन डिभिजन कार्यालय रुपन्देहीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अर्घाका २५ जना गन्धर्वलाई १० दिने सारंगी बजाउने प्रशक्षिण दिएको हो ।
बर्दिया प्रहरीले एकै दिक ६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट ०७२ साल चैत ९ गतेको फैसलाले सार्वजनिक अपराध र जालसाजी मुद्दाका ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
तातोपानी गाउँपालिका-४ स्थित गिडीदहलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न लागिएको छ । पहिलो पटक दहको लम्बाइ, चौडाइ गहिराइ मापन गरेर गिडीदह पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन लागिएको हो ।
वनमा लागेको डढेलोले त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा ११ घर गोठ जलेर नष्ट भएका छन् । एक महिला घाइते भएकी छन् । डढेलोले किसानका बारीमा लगाएका अदुवा र बेसारमा समेत क्षति पुर्याएको छ ।
विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका-५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
थलारा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा थलारा–८ का ६० वर्षीय मदनराज जोशी र १३ वर्षीया देवशरा जोशी रहेका छन् । उनीहरु बाबुछोरी हुन् ।
स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारी हाजिर हुन नदिएर फिर्ता पठाउने गरेको घटना बेलाबेला सुनिन्छन् । कर्मचारी मात्रै होइन, अब शिक्षक पनि हाजिर हुनबाट रोकिएका छन् । यहाँको बेलडाँडी गाउँपालिकाले हालै नियुक्ति लिएका शिक्षकलाई हाजिर हुन नदिएको हो ।
बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं – १ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । २९ हजार ७३८ मत खसेको प्रारम्भिक जानकारी प्राप्त भैसकेको र अझै केही मतदान केन्द्रको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
बझाङ प्रदेश सभा निर्वाचन (१ ) मा मतदान सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदान कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । बिहान ८ : ३० बजेसम्म निर्वाचन क्षेत्र भरीमा पाँच प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बझाङ प्रदेश सभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।
शनिबार हुने बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं–१, को उपनिर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदान केन्द्रको व्यवस्थापन, मतदाता र मतदान केन्द्रको सुरक्षा लगायतका मतदानसँग सम्बन्धित तयारीहरु सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनसँग जोड्न चाहेको बताएका छन् । लगानी सम्मेलनको सम्मुखमा उनले राष्ट्रिय पुँजीलाई उत्पादन र उद्यमशीलतामा जोड्ने गरी अघि बढाउन सरकार क्रियाशील रहेको बताए ।
कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । रोहितले १ सय १२ रन बनाएपछि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ५ रनको लक्ष्य २ बल अगाडि नै २ सय ६ रन बनायो ।
कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । रोहितले १ सय १२ रन बनाएपछि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ५ रनको लक्ष्य २ बल अगाडि नै २ सय ६ रन बनायो ।
वेस्ट इन्डिज ‘ए’ ले पहिलो ट्वान्टी २० क्रिकेटमा नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको क्यारेबियन टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ५ विकेट गुमाई २ सय ४ रन बनाएको हो ।
आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।
सन् १९७२ मा आजकै दिन (अप्रिल २७) मा घानाका प्रथम राष्ट्रपति क्वामे एन्क्रुमाहको निधन भएको थियो । उनको क्यान्सरको उपचारका क्रममा रोमानियाको बुखारेस्टमा निधन भएको थियो ।
सन् १९८६ मा आजकै दिन (अप्रिल २६) मा इतिहासकै विनाशकारी वातावरणीय प्रकोप उत्पन्न भएको थियो । युक्रेन (तत्कालीन सोभियत संघ) को चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा भएको विस्फोट र आगलागीका कारण वातावरणमा विकिरण फैलिएको थियो ।
लामो समयदेखि अमेरिकी सरकार र चिनियाँ स्ट्रिमिङ एप टिकटकबीच चल्दै आएको सवाल-जवाफ र माथापच्चीका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार एक कानुनमा हस्ताक्षर गरेका छन् जसले कालान्तरमा सो एप अमेरिकामा प्रतिबन्धित हुनसक्छ ।
भारतको लोकसभा चुनावको पहिलो चरणमा अनपेक्षित कम मतदाता देखिएका छन् । पहिलो चरणमा शुक्रबार २१ राज्यका १ सय २ लोकसभा क्षेत्रमा मतदान भएको थियो । अघिल्लो चुनावको तुलनामा ८ प्रतिशतले कम मतदान भएको तथ्यांकले देखाएको छ । निर्वाचन आयोगका अनुसार कुल ६२.३७ प्रतिशत मतदान भएको छ । जबकि २०१९ मा यी निर्वाचन क्षेत्रमा ७० प्रतिशत मत खसेको थियो ।
इलामको चोक बजार नपुग्दै नवीन चोक जोड्ने बाटोको घुम्तीमै छ, हरि गुरुङको इलाम टि हाउस । खासमा उनको त्यो पसलमा दर्जनौं स्वाद र जातका चिया बिक्रीमा छन् । त्यहाँ पुग्ने ग्राहक हुन् या पाहुना, चिया नचखाई उनी हतपत पठाउँदैनन् । टि हाउसभित्र छ, काठको मुढा चिल्याएर बनाएको टेबल । टेबल वरिपरि चार–पाँच थान स्टुल ।
तारकेश्वरमा शनिवार निःशुल्क आँखा शिविर भएको छ । परिवर्तन अभियान नेपालले गरेको शिविरमा स्थानीय ६१० जनाको निःशुल्क आँखाको परीक्षण परिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए ।