इलाम-२ उपनिर्वाचन : सुहाङ खड्काभन्दा ६ हजार ५ सय मतले अगाडि
प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म एमालेका सुहाङ नेम्वाङले २० हजार ५ सय ९६ मत पाएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म एमालेका सुहाङ नेम्वाङले २० हजार ५ सय ९६ मत पाएका छन् ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्नको लागि आग्रह गरेका छन् । लगानी सम्मेलनको दोस्रो दिन सोमबार समापन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालमा हालै लगानी र व्यापार गर्ने वातावरण सहज बनाउन सम्बन्धित कानुन परिमार्जन गरिएको बताए ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने स्पष्ट रहेको बताएका छन् ।
सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएको विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा प्रतिवादी सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बयानका लागि बोलाउने आदेश गरेको छ ।
सिधाकुरा डट कमले आफ्नो अनलाईन र यूट्यूव च्यालनमा प्रकाशन प्रसारण गरेको 'द डार्क फाइल' नाम श्रृंखलाबद्ध सामग्री स्थगन गरेको छ । प्रेस काउन्सिल सोमबार सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई कार्यालयमा बोलाएर उक्त सामग्रीबारे सोधपुछ गरेको थियो ।
सर्वोच्च अदातलले 'सिधाकुरा डट कम'ले अदातलको न्याय सम्पादन कार्यमा अवरोध गर्ने दुराषयपूर्ण र नियोजित तरिकाले सामग्री उत्पादन र प्रकाशन गरेको ठहर गर्दै घटनाको प्रकृति र गम्भीरतालाई दृष्टिगतगरी फौजदारी अवहेलनामा मुद्दा चलाउन आदेश गरेको छ ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित दायर रिट खारेज गरेको छ । पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार खारेज गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीकर्तालाई सुरक्षा दिने प्रष्ट पारेका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सोमबार बोल्दै लामिछानेले गृह मन्त्रालयको तर्फबाट नेपालमा लगानी गर्दा सुरक्षाको प्रत्याभूति दिने बताएका हुन् ।
बझाङ प्रदेशसभा-१ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । २०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ । सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्
मलेसियाको रोजगारदाता कम्पनी ‘केएल–केपङ रवर प्रोडक्ट्स’ले कामदारसँग शुल्क उठाएको भन्दै विवादमा परेको एसओएस म्यानपावर सर्भिसेस् प्रालिमाथि छानबिन थालेको छ । रोजगारदाता कम्पनीले छानबिन नसकिएसम्म नेपालबाट कामदार लैजान रोक्नुको साथै रकम तिरेर आएको भेटिएमा कामदारलाई भर्ना शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ ।
सदरमुकाम जोड्ने कर्णाली राजमार्ग अन्तर्गत गमगढी-नाग्मा सडकको ट्र्याक ओपन कार्य पूरा भएको करिब १२ वर्ष बितिसकेको छ । तर यो सडक कहिले कालोपत्रे हुने भन्ने अझै टुंगो छैन । सो सडकको साढे ६ किमि सडक कालोपत्रे गर्ने काम ठेक्का लागेपनि बाँकी ८७ किमि सडक भने स्तरोन्नति र कालोपत्रे भइहाल्ने संकेत छैन ।