कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

नेपाललाई बास्केटबल उपाधि

काठमाडौँ — नेपाली बास्केटबल टोलीले बोर्डर सिङ्फु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको छ ।

नेपाललाई बास्केटबल उपाधि

चीनको युनानमा भएको फाइनलमा नेपालले युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ स्कोरले पराजित गर्‍यो । नेपाली टोलीमा विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जन थिए । प्रशिक्षकमा सुशिल गुरुङ छन् ।

जी टु जीअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्ले बास्केटबल टोलीलाई प्रतियोगितामा सहभागिता गराएको हो ।

प्रकाशित : वैशाख १७, २०८१ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?