कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

विदेशी लगानीकर्ताहरुलाई एमाले अध्यक्ष ओलीले भने- ‘नेपालमा लगानी गर्नुहोस्’

काठमाडौँ — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्नको लागि आग्रह गरेका छन् । लगानी सम्मेलनको दोस्रो दिन सोमबार समापन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालमा हालै लगानी र व्यापार गर्ने वातावरण सहज बनाउन सम्बन्धित कानुन परिमार्जन गरिएको बताए ।

विदेशी लगानीकर्ताहरुलाई एमाले अध्यक्ष ओलीले भने- ‘नेपालमा लगानी गर्नुहोस्’

नेपालमा लगानीको लागि वातावरण रहेको र विदेशीलाई लगानी गर्नको लागि आइतबार उद्घाटन सत्रमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि विश्वभरबाट काठमाडौंमा जम्मा भएका लगानीकर्ताहरुलाई आग्रह गरेका थिए । सम्मेलनमा ५५ देशका २२ भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पूर्वप्रधानमन्त्री ओलीले समापन समारोहमा नेपालले बेलाबेलामा आयोजना गर्ने लगानी सम्मेलन सबै राजनीतिक दलहरुको ऐक्यबद्धतालाई सुदृढ गर्ने मन्च रहेको उल्लेख गर्दै विकास साझेदारहरुसँग सामूहिक रुपमा विकास र देशको एजेन्डाको बारेमा पुन जोड दिने रहेको प्रष्ट पारे । लगानीको लागि जोड दिनको लागि गरिएको यो एउटा अर्को सम्मेलन भएको ओलीको भनाई थियो ।

‘हालै लगानी र व्यापार गर्नको लागि वातावरण सहज बनाउन प्रधानमन्त्रीज्यूले सम्वन्धित कानुन परिमार्जन गर्नुभयो,’ ओलीले भने,‘मेरो पार्टी नेकपा एमाले कार्यान्वयनका लागि सरकारसँग दृढतापूर्वक उभिएको छ । जसले पहिलेदेखि नै नेपालमा लगानी रहेका हुन् वा अवशरको खोजिगरिरहेका हुन्, उनीहरुको लागि थप अनुकुल वातावरण बनेको छ ।’

ओलीले एकात्मकबाट संघीय संरचनामा सहज संक्रमणका साथ सुशासनसहित नेपाल अब तीव्र गतिमा यात्रा गर्न तयार रहेको बताए । उनले आर्थिक विकास र छोटो समयमै समृद्धि हासिल गर्ने सम्भावित समयावधि नेपालको तत्कालको लक्ष्य रहेको बताए ।

विदेशी लगानीकर्तालाई ओलीले भने,‘उच्च, फराकिलो र दिगो विकास लक्ष्यको लागि बलियो आधार बनाउनुहोस् । हाम्रा युवाहरूलाई उत्पादक उद्यमहरूमा संलग्न गराउँदै वृद्धि, रोजगारी सिर्जना र गरिबीको अन्त्य गरे त्यसको अनुभूति हुनेछ । हाम्रो विकास साझेदार र निजी लगानीकर्ताको बलियो समर्थनले मात्र सम्भव छ ।’

ओलीले यो सरकारको स्पष्ट भिजन, अटल प्रतिबद्धता र यसको व्यापक लक्ष्य हासिल गर्न परिणाममुखी कार्य योजना सन् २०३० सम्म एलडीसीबाट स्तरोन्नती हुदै दिगो विकासको लक्ष्य सन् २०३० हासिल गर्नु पर्ने बताए । उनले मध्यम आय भएको मुलुक बन्ने विकास लक्ष्य, र ‘समृद्ध नेपाल सुखी नेपाली’ को हाम्रो आकांक्षा साकार गर्दै अघि बढ्नु पर्ने उल्लेख गरे ।

‘म विदेशी लगानीकर्तालाई लगानीको अवसर सुरक्षित गर्न आह्वान, वित्त र प्रविधिको लाभदायक लगानी गर्नुहोस्, जडान गर्नुहोस्, विद्यमान सम्बन्ध र साथ मार्फत निर्यातको लागि विश्वव्यापी बजार स्वदेशी स्थानीय उद्यमी र लगानीकर्ताहरूलाई प्रविधि हस्तान्तरण गर्नुहोस्,’ उनले भने । उनले आफ्नो पार्टी एमाले लगानी सम्मेलनमा व्यक्त विचार र सुझावहरुलाई आश्वस्त रहेको उल्लेख गर्दै व्यापारिक वातावरणलाई थप सहज बनाउनेतर्फ प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : वैशाख १७, २०८१ २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?