कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

डढेलोका कारण पाल्पामा तीन घर जलेर नष्ट

माधव अर्याल

पाल्पा — पाल्पाको रैनादेवी छहरा–४, छहराको सल्लीधारा, तिन्धारे, नाङ्गे र सुकादह क्षेत्रको जंगलमा लागेको भीषण डढेलोले बस्तीलाई घेरेपछि तीन घर र तीन गोठ जलेको छ । सल्लाको जंगलमा डढेलो सोमबार दिउँसो आगलागी भएको थियो ।

डढेलोका कारण पाल्पामा तीन घर जलेर नष्ट

डढेलोले तीनधारेको डिल्लीराज पोखरेल, यज्ञ पोखरेल र बेदु पोखरेलको घर जलेको स्थानीय खुमप्रसाद पोखरेलले जानकारी दिए । यसैगरी टिकाराम पोखरेल, डिल्लीराज पराजुली, जुनकला पोखरेलको घर जोगाए पनि गोठ जलेको छ । स्थानीयका अनुसार ७ घर पूर्ण रुपमा जोखिममा छ । यहाँ झण्डै ३० घरको बस्ती छ ।

राती भएकाले डढेलो र आगोलागी निभाउन समस्या भएको छ । पाल्पा र अर्घाखाँचीको सीमा नजिकको बस्तीमा डढेलो निभाउन स्थानीय बासिन्दाले नसकेको छहराका पूर्ववडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए । ‘केही समय नियन्त्रणमा आएको थियो,’ उनले भने, ‘हावाहुरीले पुनः डढेलो सुरु भएर भीषण रुप लिएको हो ।’

प्रकाशित : वैशाख १७, २०८१ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?