कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएका छन् ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएका छन् ।
सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको छानबिनका लागि संसदीय समिति गठनको माग गरिरहेको प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसद्को आगामी अधिवेशनमा अवरोध नगर्नेबारे सकरात्मक प्रस्ताव ल्याएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन् ।
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संघीय संसद्को आगामी अधिवेशनमा आउने अप्ठ्यारा समाधान गर्नका लागि सबै पक्षले भूमिका खेल्नुपर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।
प्रतिनिधिसभा इलाम-२ र प्रदेशसभा बझाङ-१ मा भएको उपनिर्वाचनको नतिजा सार्वजिनक भएको छ । इलाम र बझाङ दुवै स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन् । झट्ट हेर्दा प्रतिनिधिसभा र प्रदेशसभाको एक-एक रिक्त स्थान भर्नका लागि भएको जस्तो देखिए पनि यो चुनाव राजनीतिक दलहरूको पछिल्लो डेढ वर्षमा बदलिएको हैसियत वैधानिक रूपमा परीक्षण गर्ने महत्त्वपूर्ण अवसर थियो ।
नागरिकता र हस्ताक्षर अर्कैले दुरुपयोग गरिदिएका कारण २८ करोड राजस्व छलीको झुट मुद्दा लागेका बारा परवानीपुरका उमाशंकर रायभरले सफाइ पाएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाले पारित गरेको संकल्प प्रस्तावको आधारमा सरकार परिवर्तन नहुने भन्दै गैरसंवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई पत्र पठाएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्री नियुक्त गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।
पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्बाङको गत भदौ २७ मा हृदयघातका कारण निधन भएपछि उनले जितेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ रिक्त थियो । त्यस क्षेत्रमा एमालेले नेम्बाङपुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो । मंगलबार बिहान घोषित मतपरिणामअनुसार सुहाङ २७ हजार ७ सय ७२ मतका साथ विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको परिणामले पार्टीमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको जनाएको छ । मंगलबार इलामको चुनावी मतपरिणाम सार्वजनिक भएपछि रास्वपा महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएका हुन् ।