२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त  

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्री नियुक्त गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । 

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त  

मुख्यमन्त्री नियुक्तिमा सोडारीलाई साथ दिएकी सांसद थापासहित सोडारी मन्त्रिपरिषद्मा दुई जना मन्त्री भएका छन् । यसअघि नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिएको थियो । चौधरी र थापाकै कारण कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेर राजीनामा दिन बाध्य भएका थिए भने उनीहरु दुई जनाकै कारण सोडारीलाई मुख्यमन्त्री नियुक्त हुन सम्भव भएको थियो ।

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रले भने अहिलेसम्म मन्त्री पठाएको छैन । मुख्यमन्त्री सोडारीले सत्ता साझेदार दलहरुसँग विश्वासको मत लिने सन्दर्भमा छलफल गरिरहेको बताएका छन् ।

प्रकाशित : वैशाख १८, २०८१ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?