कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

धनकुटाको चौबीसेमा एक जना मृत फेला

धनकुटा — धनकुटाको चौबीसे गाउँपालिका–७ माथिल्लो गिद्धेमा एक जना मृत फेला परेका छन् । स्थानीय सार्वजनिक पाटीमा मृत फेला परेका व्यक्ति चौबीसे–८, चाइनेटारका ४७ वर्षीय अर्जुन चेम्जोङ रहेको प्रहरीले जनाएको छ । 

गत आइतबार खानेपानीको महसुल तिर्न घरबाट हिँडेका चेम्जोङ दुई दिनपछि मृत फेला परेको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक उमेश राईले जानकारी दिए । खोजतलास गर्ने क्रममा स्थानीयले शव फेला परेको भनी प्रहरीलाई खबर गरेका थिए ।

चेम्जोङको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १८, २०८१ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?