कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

विकास ऋण पत्रमार्फत ५ अर्ब आन्तरिक ऋण उठाइँदै

काठमाडौँ — सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र बिक्रीमार्फत पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । यसका लागि कार्यालयले यसअघि नै सूचना जारी गरेको छ ।

विकास ऋण पत्रमार्फत ५ अर्ब आन्तरिक ऋण उठाइँदै

सोही सूचनाका आधारमा आज मंगलबार दिउँसो तीन बजेसम्म बोलकबोल हुनेछ । आज प्राप्त बोलकबोलका आधारमा कार्यालयले यही बैंशाख २० मा ऋणपत्र निष्कासन गर्ने छ ।


विकास ऋणपत्र २०७९ ‘ग’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्को अवधि आठ वर्षको हो । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट तय हुन्छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्छन् ।


यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको सूचनामा उल्लेख छ ।


प्रकाशित : वैशाख १८, २०८१ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?