२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

बडिखेलमा डढेलो निभाउने क्रममा एक जना गम्भीर घाइते

ललितपुर — गोदावरी नगरपालिका–४ बडिखेलको वनमा लागेको डढेलो नियन्त्रण गर्न पुगेका स्थानीय दुई मध्ये एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दुवै जनालाई थप उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको छ । गम्भीर घाइते हुनेमा रमेश पहरी छन् । भने शंकर पहरी सामान्य घाइते भएका छन् ।

त्यस्तै गोदावरी नगरपालिका–६ लेलेको आनन्द वनमा लागेको डढेको कुष्ठरोग अस्पताल कम्पाउन्डसम्म आइपुग्दा ६५ जना कुष्ठ विरामी सुरक्षित स्थानमा सारिएको छ ।

प्रहरीका अनुसार आनन्द वनमा दुई दिनअघिदेखि डढेलो लागेको थियो । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले ५ वटा दमकलको सहायताले आगो निभाइरहेको बताए । ‘डढेलो नियन्त्रण आइसकेको छैन,’ उनले भने ।


प्रकाशित : वैशाख १८, २०८१ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?