जापानी विदेशमन्त्री योको नेपालमा
जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आएकी छन् । परराष्ट्र स्रोतका अनुसार उनी दिउँसो करिब १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको कोलम्बोबाट काठमाडौं आएकी हुन् । दक्षिण एसिया भ्रमणपछि उनी जापान फर्कने कार्यक्रम छ । उनको यो पहिलो नेपाल भ्रमण हो ।