कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

हेटौंडामा वाग्मती विश्वविद्यालयको कार्यालय स्थापना 

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेश सरकारले हेटौंडामा वाग्मती विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ । हेटौंडा उपमहानगरपालिका—८ मा वाग्मती विश्वविद्यालय सम्पर्क कार्यालयको वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार उद्घाटन गरेका हुन् । 

हेटौंडामा वाग्मती विश्वविद्यालयको कार्यालय स्थापना 

मुख्यमन्त्री जम्कट्टेले लामो समयको गृहकार्यपछि विश्वविद्यालय स्थापना गर्ने योजनाले मूर्त रूप पाएको बताए । उनले भने,‘वाग्मती प्रदेश सरकारको एउटा ठूलो सपनाले मूर्त रूप पाएको छ ।’

वाग्मती प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालय नयाँ मोडेलमा सञ्चालन हुने मुख्यमन्त्रीले बताए । ‘यो विश्वविद्यालयमा सरकारको कुनै हस्तक्षेप हुँदैन, यो स्वायत्त प्राज्ञिक संस्थाका रूपमा सञ्चालन हुन्छ,’ उनले भने । वाग्मती विश्वविद्यालय बोर्ड अफ् ट्रस्टिज प्रणाली सञ्चालन हुनेछ ।


प्रकाशित : वैशाख २३, २०८१ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?