बेंगलुरुको लगातार तेस्रो जित
काठमाडौँ — कप्तान फाफ डु प्लेसिस र विराट कोहली ब्याटबाट चम्केपछि रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई शनिबार चार विकेटले हराएको छ । बेंगलुरुको यो लगातार तेस्रो जित हो र यससँगै टिमको प्ले–अफ खेल्ने झिनो सम्भावना कायम रह्यो ।
जितका लागि १ सय ४८ रनको सामान्य लक्ष्य पछ्याएको बेंगलुरुका लागि प्लेसिसले ६४ र कोहलीले ४२ रन बनाए । उनीहरूले ३५ बलमा ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।
बेंगलुरु ६.२ ओभरको खेल बाँकी छँदै जितसम्म पुगेको थियो । त्यस अगाडि गुजरात १९.३ ओभरमा १ सय ४७ रन बनाएर अलआउट भएको थियो । यो जितपछि बेंगलुरु सातौं स्थानमा उक्लेको छ भने गुजरात नवौं स्थानमा झरेको छ
प्रकाशित : वैशाख २३, २०८१ ०६:३५प्रतिक्रिया