कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

भोजपुर एमालेको अध्यक्षमा मक्कर खड्का विजयी

डम्बरसिं राई

खोटाङ — नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्कर खड्का विजयी भएका छन् । उनले निवर्तमान अध्यक्ष शरणकुमार राईलाई हराएका हुन् । 

भोजपुर एमालेको अध्यक्षमा मक्कर खड्का विजयी

शनिबार राति सम्पन्न मतगणनाअनुसार खड्काले ९४ मतान्तरले जितेका हुन् । खड्काले ३ सय १५ र राईले २ सय २३ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा किरण राईले ३ सय २० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कृपाशुर राईले दुई सय १६ मत ल्याएका छन् ।

सचिवमा ३ सय ४५ मत ल्याएर एक्सन राई विजयी भएका छन् । उनी नेपाल पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्ष पनि हुन् । उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र कार्कीको १ सय ७३ मत आएको थियो । उपसचिवमा २ सय ९५ मत ल्याएर दौलतकुमार राई विजयी भए । उनका प्रतिद्वन्द्वी जगतबहादुर चौहानले १ सय ७० मत ल्याएका छन् । महिला उपसचिवमा रमादेवी राईले २ सय ९४ मत ल्याएर विजयी भइन् ।

सदस्यहरूमा इन्द्र थापा, नवीन प्रधान, बद्रीनाथ निरौला, राजेश कटुवाल, रेवतीरमण थापा, आशादेवी राई, सुस्मिता राई र संगीता काडेल चौहान विजयी भएका छन् । अन्य भूगोलसहित एमाले भोजपुरको जिल्ला कमिटीमा ९० जना चयन भएको नवनिर्वाचित सचिव एक्सन राईले बताए । नेतृत्व चयनका लागि ६ सय ८ प्रतिनिधिमध्ये पााच सय ७३ जना मतदानमा सहभागी थिए । नवौं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि निर्वाचन भएको थियो ।


प्रकाशित : वैशाख २३, २०८१ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?