कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

भक्तपुरमा निर्माणाधीन घरको दुई तलामाथिबाट लडेर एक मजदुरको मृत्यु

काठमाडौँ — भक्तपुरमा निर्माणाधीन घरको दुई तलामाथि झ्याल लगाउने काम गरिरहेका मजदुरको लडेर मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका-८ बोडेमा खगेन्द्र पराजुलीको निर्माणधीन साढे ३ तल्ला पक्की घरको दोस्रो तल्लाको बाहिरी वालमा झ्याल हाल्ने क्रममा बाराको महागढी नगरपालिका -७ का १७ वर्षीय बिकास कुमार गुप्ताको ज्यान गएको हो ।

उनी लड्दा पर्खालको रेलिङमा ठोक्किएर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि कोरियनमैत्री अस्पताल लगिएको थियो ।

बिहीबार दिउँसो पौने १२:४० बजे लडेर घाइते भएका उनको दिउँसो १ बजे मृत्यु भएको भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख २०, २०८१ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?