तेस्रो पटक दुबईमा गुञ्जँदै 'मंगोलियन हार्ट'
काठमाडौँ — साङ्गेतिक ब्यान्ड 'मंगोलियन हार्ट' यूएईको दुबईमा गुञ्जँदैछ । युएईस्थित बरदुबईमा ठूलो लगानीमा नेपालीले खोलेको 'नाइट क्लब'को वैशाख २२ हुने उद्घाटनमा कन्सर्ट गर्ने भएको हो ।
ब्यान्डले यो क्लबमा थुप्रै चर्चित गीतहरूमा प्रस्तुति दिने छन् । यूएईमा पछिल्लो एक वर्षमा मंगोलियन हार्टको यो तेस्रो कन्सर्ट हो । 'मंगोलियन हार्ट'का मुख्य गायक राजु लामा, यूएईका दर्शकको माग अनुसार तेस्रो कन्सर्ट गरिएको पनि बताउँछन् । त्यस्तै,
ब्यान्ड व्यवस्थापक एवं गितारिस्ट बबी लामा नेपालीको क्लबमा नेपाली संगीत घनकाउन आफूले यो सुरुवात गरेको बताउँछन् । 'बर दुबईमा नेपाली साथीकै लगानीमा ठूलो क्लब खोलिँदा त्यहाँ नेपाली संगीत पनि बज्ने हो, सुरुवात हामीबाटै हुँदैछ,'उनले भने ।
३२ वर्षअघि स्थापना भएको यो ब्यान्डले अहिलेसम्म लोक, स्लो रक, पप मेलोडी संगीत पस्किसकेको छ । ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।
ब्यान्ड चर्चित गीतहरुमा 'बाँदलपारिको देशबाट', 'मेरो नेपाल', 'सुम्निमा', 'म माया लाउँदिनँ', 'हल्ला चलेछ', 'तिमीलाई देखेर', 'पर्खाइमा', 'सायद तिम्रो बाटोमा', 'उँभो उँभो खासा' पर्छन् ।
प्रकाशित : वैशाख २०, २०८१ १३:५४